काठमाडौं । झण्डै छ दशकदेखि समस्याको मुख्य जडका रुपमा रहेको सीमासम्बन्धी विषय टुङ्ग्याउन दुवै देशका उच्च अधिकारी राजनीतिक तहमा वार्ता गर्न तथा द्विपक्षीय संयन्त्रका बैठक समानान्तर ढङ्गले अघि बढाउन सहमत भएका छन् । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा शुक्रबार अपराह्न भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सीमासम्बन्धी बाँकी
झिमरुक । प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाउनुभएको छ । उहाँका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको हो । विसं २०७२ मा ४०० बिरुवाबाट कागती खेती शुरु गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षमा कागतीका ..
दक्षिण कोरिया । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि ..
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायमा राजनीति प्रवेश गर्न नहुने बताउनुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको साधारणसभा तथा तेस्रो महाधिवेशनमा मन्त्री श्रेष्ठले व्यवसायमा राजनीति प्रवेश गर्नु नहुने बताउनुभएको हो । “हिजो म महासङ्घमा हँुदा व्यवसायीका हकहितको पक्षमा धेरै काम गरेँ, कति ..
बलिउड अभिनेत्री दीपिका पादुकोणले आज आफ्नो ३५औं जन्मदिन मनाउँदैछिन्। सन् १९८६ जनवरी ५ मा जन्मिएकी दीपिका बलिउडकी एक सफल कलाकार हुन्। दीपिकाले २००७ सालमा रिलिज भएको फिल्म ‘ओम शांति ओम’ बाट बलिउड डेब्यू गरेकी थिईन्। त्यसपछि, उनी एक अभिनेत्रीको रूपमा २६ वटा भन्दा बढी फिल्महरूमा अभिनय गरिसकेकी छिन्। बलिउडकी सफल ..
पर्वत । पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो । बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान ..
काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहनुभएको छ । विश्व ..
रूसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबुर्गमा आजभन्दा १४५ वर्षअघि नेपालको यात्रा गर्ने प्रथम रूसी विद्वान्, विश्वविख्यात प्राच्चविद्, बुद्धधर्म र दर्शनका ज्ञाता, रुसमा भारत वर्ष विद्या तथा नेपाल विद्याका संस्थापक इभान पाभ्लोभिच मिनाएभ (सन् १८४०–१८९०) को १८०–यो जन्मजयन्ती तथा १३०–सौं स्मृति दिवसप्रति समर्पित लेखसंग्रह ‘नेपालः रूसबाट हेर्दा’ शीर्षकमा प्रकाशित भएको छ । यसको प्रकाशनमा एक वर्षअघि मात्र रूसमा अस्तित्वमा आएको हिमालय वारपारका क्षेत्रको ..
वि.सं. २०७७ साल माघ ०४ गते । आइतबार । इस्वी सन् २०२१ जनवरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–चतुर्थी, ०५ घडी ५८ पला, बिहान ०९ बजेर २१ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–शतभिषा, ०१ घडी ..