हत्या गरी फालेको अवस्थामा फेला, हत्या गरेको आशंकामा तीन पक्राउ

धनकुटा । जिल्लामा आइतबार बिहान एक युवाको शव हत्या गरी फालेको अवस्थामा फेला परेको छ।

धनकुटा नगरपालिका वडा नं. ६ घर भएका ३० वर्षीय राजेश श्रेष्ठलाई सोही वडामा रहेको धनकुटा नगरपालिकाको ल्याण्डफिल्ड साईडको दक्षिण पश्चिममा रहेको प्रतिक्षालय नजिक हत्या गरेर फालेको अवस्थामा शव फेला परेको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक सही म्यामकुमार बस्नेतले जानकारी दिए।

‘शवको प्रकृति हेर्दा हत्या गरेको होइन भन्ने कुनै शंकै छैन।’ बस्नेतले भने ’हत्या गरेर ल्याई फालिएको आशंका गरिएको छ।’ सडकभन्दा करिव ५ मिटर तल कोल्टोपरेको अवस्थामा शव फेला परेको हो। राति करिव १ बजे शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल गएको बस्नेतले जानकारी दिए।

यसैबीच हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनकुटा–६ का अनिल डंगोल, ईश्वर श्रेष्ठ र धनकुटा–२ का रुमबहादुर मगरलाई नियन्त्रणमा लिईएको धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोईरालाले जानकारी दिए। उनीहरुबाट घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..