तपाई आफ्नो स्मार्टफोन तातेर हैरान हुनुहुन्छ, यस्तो छ कारण

यदि स्मार्टफोनलाई अलि केही बढी समयसम्म चार्जमा राख्दा कहिलेकाहिँ अलि बढी तात्ने गर्दछ । सामान्यतः यस्तो समस्या नहुनुपर्ने हो । तर, पुरानो स्मार्टफोनमा यस्तो हुन सक्छ ।

कहिलेकाहिँ बढी डाटा प्रोसेसिङका कारण पनि स्मार्टफोन तात्ने गर्दछ । जीपीएस धेरैबेरसम्म अन रहनु वा ब्लुटुथ स्पीकर अन रहेका कारण पनि यस्तो समस्या आउन सक्छ ।

बढी गेमिङ वा कयौ हाई रेजुल्युशनको तस्वीर लिँदा पनि स्मार्टफोन तातो हुने गरेको गुनासो सुन्ने गरिएको छ। मेलवेयर वा भाइरसका कारण स्मार्टफोन तात्नु खासै नयाँ कुरा होइन ।

यस्ता भाइरसले तपाईको डेटा सर्भिस प्रयोग गर्दछन् । किनकी तपाईको फोनको डाटाका बारेमा उनीहरुलाई जानकारी चाहिने गर्दछ ।
यदि तपाईलाई इन्स्टालेशन फ्रम अननोन सोर्सेज हुने डर छ, यदि सेफ्टी केसमा रहँदा पनि स्मार्टफोन तात्छ भने त्यसलाई केहीबेर बाहिर राख्नुस् । आफ्नो ब्याट्री र चार्जिङ केवललाई एकपटक हेर्नुस् ।

पुरानो स्मार्टफोनको ब्याट्रीमा विशेष ध्यान दिनु आवश्यक छ। त्यसलाई राम्रोसँग चार्ज गरेर राख्नुस् । अक्सर वाइफाईमा भइरहेको डाटाको प्रयोगमा हामी ध्यान दिने गर्दैर्नौ । कहिलेकाहिँ पुरानो स्मार्टफोनलाई त्यसले पनि तातो बनाउने गर्दछ ।

ब्याकग्राउण्डमा चलिरहने ऐपका कारण पनि इन्ड्रोइड स्मार्टफोनमा यस्तो समस्या देखिने गर्दछ । नयाँ स्मार्टफोनमा भने यस्तो हुनु हुँदैन । यदि धेरैबेरसम्म स्मार्टफोनको प्रोसेसरले काम गरिरह्यो भने त्यो तातो हुनु असामान्य कुरा होइन । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..