तानाशाह हिटलरलाई हराउने एउटा पुल, यस्तो छ इतिहास

दोस्रो विश्वयुद्धका क्रममा जर्मनीमा मित्र सेनाहरु र जर्मन सैनिक नराम्रोसँग एउटा पुलका लागि लडिरहेका थिए । यही पुलले हिटलरको पतनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

विशाल नदी पार

राइन नदीमा बनेको लुडेनडार्फ पुलमा १९४५ मा मित्र सेनाहरुले कब्जा गरे । यो पुल नियन्त्रणमा लिएसँगै मित्र सेनाले आफ्नो ट्याङ्क र सैन्य डफ्फालाई नदी पार गराउने बाटो पायो । बर्लिनतर्फको बाटो यही पुलबाट निस्कियो ।

पहिलो अमेरिकी टुकडी

७ मार्च १९४५ मा पुल नियन्त्रणमा लिएपछि अमेरिकी सेनाको नवौं आर्म्ड डिभिजनले पहिलोपटक राइन नदी पार गरेको थियो । पूर्वबाट रुसी सेना जर्मन सैनिकलाई लखेटिरहेको थियो र पश्चिममा अमेरिकी सेना ।

जर्मनीको गेटवे

हिटलरका सेनाले यो पुललाई नष्ट गर्ने अनेक प्रयास गरे । धेरै बम प्रहार गरे पनि जर्मन सेना १७ मार्च १९४५ का दिन यो पुल नष्ट गर्न सफल रह्यो । तर यतिबेलासम्म १० दिन बितिसकेको थियो ।

हिटलरलाई झट्का

मित्र सेनाका करिब २५ हजार सैनिक र वाहन पुल पार गरेर नयाँ क्षेत्रमा पुगिसकेका थिए । अमेरिकी सेना पहिलोपटक जर्मनीको बिल्कुलै नयाँ भूभागमा पुग्यो । यसपछि उ विजय हासिल गर्दै बर्लिनसम्म पुग्यो ।

‘द ब्रिज एट रेमागन’

सन् १९६९ मा शीतयुद्धमा बनेको चलचित्र ‘द ब्रिज एट रेमागन’ले यो पुलको सामरिक महत्वलाई सफलतापूर्वक देखाएको छ। दोस्रो विश्वयुद्धमा यो पुल पार गरेपछि अमेरिकी र बेलायतको अगुवाईवाला मित्र सेना जर्मनीको ठुलो भुभाग जित्दै गयो ।

श्रद्धाञ्जली

यो तस्वीर पुल नियन्त्रणको ७०औं वर्षगाँठका क्रममा सन् २०१५ मा लिइएको हो । यसक्रममा विश्वयुद्धमा लडिसकेका पूर्व सैनिक वा उनका परिवारजन त्यहाँ भेला भएका थिए ।

शान्तिको प्रतीक

१९४५ को विश्वंशपछि लुडेनडार्फ पुलको पुनःनिर्माण गरिएन । अहिले पनि रेमागन क्षेत्रमा पुलको एउटा टावर स्पष्टसँग देखिन्छ । अब यो टावरमा शान्तिप्रति समर्पित एउटा म्युजिम छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..