हावाहुरी र चट्याङ पर्दा यो कुरा कहिल्यै नबिर्सनुस्, यस्ता उपाय अपनाउँदा बच्न सकिन्छ

भारतका विभिन्न स्थानमा विगत केही दिनयता चलेको आँधीहुरी र चट्याङ परेका कारण ढेड सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यो क्रम नेपालमा पनि जारी छ। वर्षायाम सुरु भएसँगै अधिकांशको मृत्यु चट्याङमा परेर, रुख ढलेर र घर भत्केका कारण हुने गरेको छ।

भारतीय मौसम विभागले सोमबारका लाग पनि चेतावनी जारी गरेको छ। उत्तर प्रदेशका राहत आयुक्त संजय कुमारले मानिसहरुलाई समयमै चेतावनी दिइएको बताउँदै तैपनि जनधनको क्षति नरोकिएको बताए। चट्याङबाट हुने जनधनको क्षति रोकिएको छैन ।

यता भारतीय राष्ट्रिय आपत नियन्त्रण एजेन्सीले आँधी आएको अवस्थामा कस्तो प्रकारको सावधानी अपनाउने भन्ने विषयमा दिशा निर्देश जारी गरेको छ।

हावाहुरी आउँदा के गर्ने ?

–स्थानीय मौसमका बारेमा ताजा जानकारी राख्नुस् र प्रशासनले जारी गर्ने चेतावनीहरुमा ध्यान दिनुस् ।

–घरभित्रै रहनुस्, बाहिर ननिस्कनुस्।

–बिजुलीका सबै उपकरणहरुको प्लग निकालिदिनुस् । तारवाला फोनको प्रयोग नगर्नुस् ।

–प्लाम्बिङ वा फलामको पाइप नछुनुस् । वा फलामका पाइपहरु नछुनुस्, ट्याङ्कीबाट आउने पानीको प्रयोग नगर्नुस् ।

–जस्ताको छाना वा मेटल रुफ भएका घरहरुभन्दा टाढै रहनुस् ।

–रुख नजिक वा रुखमुनि शरण नलिनुस्।

–यदि तपाई कार वा बसभित्र हुनुहुन्छ भने रोकेर बस्नुस् ।

–फलामबाट बनेका वस्तु प्रयोग नगर्नुस् । टेलिफोन र बिजुलीका लाइन वा खम्बादेखि टाढै रहनुस् ।

–पानीबाट तत्काल बाहिर निस्कनुस् । स्वीमिङ पुल, पोखरी, साना डुंगा आदिमा हुनुहुन्छ भने तत्काल बाहिर निस्कनुस् र सुरक्षित स्थानमा जानुस् ।

चट्याङ पर्दा यो कुरा कहिल्यै नबिर्सनुस्

–यदि कतै चट्याङ परे, तत्काल चिकित्सकको सहयोग लिनुस् । चट्याङमा परेका मानिसलाई छुँदा तपाईलाई कुनै हानी पुग्ने छैन ।

–यदि कुनै मानिस चट्याङमा परेको छ भने तत्काल उसको नाडी जाँच गर्नुस् र यदि तपाई प्राथमिक उपचार दिन जान्नु हुन्छ भने अवश्य उपचार गर्नुस । चट्याङ पर्दा अक्सर दुई स्थानमा जल्ने आशंका रहन्छ –त्यो जहाँबाट बिजुलीको झट्का शरीरमा प्रवेश गरेको छ र जुन स्थानबाट त्यसको निकास भएको छ, जस्तै खुट्टाको पैताला ।

–यस्तो पनि हुन सक्दछ कि चट्याङ परेका कारण पीडितको हड्डी भाँच्चिएको छ वा उसले सुन्न वा देख्न सकेको छैन, त्यो कुरा जाँच गरिहाल्नुस् ।

–चट्याङ परेपछि तत्काल बाहिर ननिस्कनुस् । अधिकांश मृत्यु आँधीहुरी गएको ३० मिनेटपछि चट्याङ परेका कारण हुने गरेका छन् ।

–यदि बादल मडारिरहेको छ र तपाईका रौंहरु खडा भइरहेका छन् भने यो कुराको संकेत हो कि चट्याङ पर्न सक्छ । यस्तो अवस्थामा भुँईतिर झुकेर बस्नुस्, आफ्नो हात घुँडामा राख्नुस् र टाउकोलाई दुबै घुँडाको बिचमा राख्नुस् । यो मुद्राका कारण तपाई जमिनसँग कम्तिमा पनि कम सम्पर्कमा रहनुहुनेछ ।

–छाता वा मोबाइल फोनको प्रयोग बिल्कुलै नगर्नुस्–फलामको माध्यमबाटै तपाईको शरीरमा बिजुली प्रवेश गर्दछ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित छ कि कसरी १५ वर्षका एक किशोरीमाथि चट्याङ परेको थियो, जब उनी मोबाइल प्रयोग गरिरहेकी थिइन् । उनलाई हृदयघात भएको थियो ।

–यो मिथक हो कि चट्याङ एकै स्थानमा दुई पटक पर्दैन् । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..