निद्रा नपुग्नु चाँडै मृत्यु हुनुको कारण पनि बन्न सक्छ, यस्ता छन् निद्रा पुराउने उपाय

चाँडै र अबेर सुत्नेहरुको स्वास्थ्यका विषयमा एउटा नयाँ अध्ययन भएको छ, जसको नतिजाले ‘निशाचरहरु’लाई तनावमा पार्न सक्दछ ।
यो अध्ययनबाट स्पष्ट भएको छ कि राति अबेरसम्म जागै रहनेहरुलाई चाँडै मृत्युको खतरा रहन्छ । यसका साथै उनीहरुमा मनोवैज्ञानिक रोग र स्वास लिन पनि समस्या हुन सक्दछ ।

तर के अबेर रातिसम्म जागै रहनु वास्तवमै तपाईका लागि खराब छ ? के यसको अर्थ यो हो कि ‘रातका उल्लुहहरु’ले आफ्नो बानी परिवर्तन गरेर बिहानको भँगेरा बन्नु जरुरी छ ?

सोशल जेट लैग

कार्यालय जानुपर्ने दिनमा अलार्मको कर्कश ध्वनिले तपाईलाई ओछ्यानबाट अलग गरिदिने गर्दछ । शनिबार आउँदाआउँदै तपाईको निद्राले चुर भएर थाकिसक्नु हुन्छ र तपाई नियमित दिनभन्दा बढी समय सुत्नु हुन्छ ।

यो सुन्दा सामान्य लाग्दछ, तर यो यस कुराको संकेत हो कि तपाई पर्याप्त निद्रा प्राप्त गरिरहनु भएको छैन र तपाई ‘सोशल जेट लैग’ को शिकार बन्नु भएको छ।

‘सोशल जेट लैग’ साताका अन्य दिनहरुको तुलनामा विदाका दिन तपाईको निन्द्राको अन्तर छ, जब हामीसँग अबेर सुत्ने र बिहान अबेर उठ्ने ‘सहुलीयत’ हुन्छ । सोशल जेट लैग जति बढी हुनेछ, स्वास्थ्यमा समस्या पनि त्यति नै बढी हुनेछ । यसबाट मुटुरोग र मेटाबाँलिक समस्या हुन सक्दछ ।

म्युनिखको लुडविग–मैक्समिलन युनिभर्सिटीमा क्रोनोबायोलजीका प्रोफेसर टिल रोएनबर्गका अनुसार–यही त्यो चिज हो, जसको आधारमा यस्तो अध्ययनले बिहान अबेर उठ्नेहरुका लागि स्वास्थ्यसँग सम्बन्धित खतरा बढी बताउँछ ।

स्लीप एण्ड सर्केडियन न्युरोसाइन्स इन्स्टिच्युट र नफिल्ड लेबोरेट्री अफ आप्थलमोलजीका प्रमुख रसेल फोस्टर भन्छन् कि यदि तपाईले बिहान चाँडै उठ्नेहरुलाई अबेर रातिसम्म काम गराउनुभयो भने उनीहरुमा पनि स्वास्थ्य समस्या देखिनेछ ।

‘यो साइन्सको जीव विज्ञान हो’

त्यसो भए अबेर रातिसम्म जाग्नेहरुले के गर्ने ? के विकेन्डमा प्राप्त हुने आफ्नो महत्वपूर्ण लामो निन्द्रा त्यागिदिने ?

प्रोफेसर रोएनबर्ग भन्छन्–यो सबैभन्दा खराब कुरा हुनेछ ।

उनी मान्दछन् कि अबेर रातिसम्म जागा रहनु आफैले रोग सिर्जना गर्दैन । उनीभन्छन्–यदि तपाई पाँच दिनसम्म अबेर सुत्नु भयो र तब तपाईले आफ्नो निद्राको भरपाई गर्नु हुने नै छ र यस्तो तपाई त्यतिबेला गर्नु सक्नु हुनेछ जब तपाईसँग समय हुनेछ ।

यो यसकारण पनि हो कि हाम्रो सुत्ने र उठ्ने समय मात्र बानी वा अनुशासनको विषय होइन । यो हाम्रो बडी क्लकमा निर्भर गर्दछ, जसको ५० प्रतिशत हिस्सा हाम्रो जीनले तय गर्दछ ।

बाँकी ५० प्रतिशत हिस्सा हाम्रो पर्यावरण र उमेरले तय गर्दछ । मानिस २० वर्षको उमेरमा ढिला सुत्ने चरम अवस्थामा हुन्छ र उमेर ढल्कँदै जाँदा हाम्रो बडी क्लक पहिलेकैतिर खस्कदै जान्छ ।

युनिभर्सिटी अफ सरेमा क्रोनोबायोलजीका प्रोफेसर मैल्कम वान शान्त्ज भन्छन्–हामीले यो मानेका छौ कि अबेरसम्म जागै रहनेहरु कुनै कामका हुँदैनन् र आलसी हुन्छन् । तर वास्तवमा यो मानवीय जीव विज्ञान हो ।

यही विज्ञान हो, जुन उल्लुहरु र बिहान चिरविर गर्ने पंक्षीहरुलाई पनि प्रभावित गर्दछ ।

बडी क्लक

जानकारहरु मान्दछन् कि विकेन्डमा चाँडै उठ्दा तपाई आफ्नो जेनेटिक प्रवृत्तिहरुबाट माथि उठ्न सक्नु हुन्न बरु यसबाट तपाई आफ्नो निद्राबाट थप बन्चित भइरहनु हुनेछ ।

यसको कारण तपाईको बडी क्लकलाई भ्रमित पार्ने राम्रो तरिका उज्यालोसँग सम्बन्धित छ। हाम्रो बडी क्लक सुर्योदय र सुर्यास्तबाट प्रभावित हुन्छ । तर हामीमध्ये धेरैलाई दिनमा कम सुर्यको उज्यालो प्राप्त हुन्छ र रातमा कृत्रिम प्रकाश बढी प्राप्त हुन्छ ।

यसबाट हामीलाई निद्रा चाँडै आउँदैन । यो अबेर रातसम्म जागै रहनेहरुको आम समस्या हो, जुन पहिला नै आफ्नो जीव विज्ञानसँग ‘अबेर सुत्ने’ रोगको शिकार बनेका हुन्छन् ।

बिहान सुर्यको प्रकाश लिएर र रातमा कृत्रिम उज्यालो–विशेषगरी हाम्रो फोन र ल्यापटपबाट आउने निलो उज्यालो–बाट आफूलाई बचाएर हामी आफ्नो बडी क्लकलाई चाँडै निद्रा बोलाउने ट्रेनिङ दिन सक्दछौ ।

समाजको जिम्मेवारी

निद्राका विषयमा वैज्ञानिक अध्ययन गर्नेहरु भन्छन् कि यसमा कार्यालय, विद्यालय र समाजको पनि जिम्मेवारी बन्दछ कि उनीहरुले राति जागै रहनेहरुलाई स्वीकार गरुन् ।

यसको सुरुवात यसप्रकारले हुन सक्दछ कि बढी कर्मचारीहरुलाई साँझदेखि अबेररातिसम्म काम गर्ने अनुमति दिइयोस् । यसका साथै प्रोफेसर फाँस्टरका अनुसार मानिसहरुले आफ्नो बडी क्लकको हिसावले कार्यालयमा काम गरे भने तब यो बढी तर्कपूर्ण हुनेछ ।

यसबाट कर्मचारीहरुको प्रदर्शन पनि राम्रो हुनेछ र चौबीसै घन्टा चल्ने बारोबारलाई पनि यसबाट फाइदा हुनेछ ।

प्रोफेसर रोएनबर्ग एक कदम अगाडि बढेर भन्छन्–यो समाजको काम हो कि उसले यसको ख्याल राखोस् । यो समाजको काम हो कि उसले भवनहरुमा अरु उज्यालो बढाउन् । साथै नीलो उज्यालो कम गरोस् ताकि मानिसहरु आफ्नो बडी लकलाई परिवर्तन नगरी टेलिभिजन हेर्न सकुन् । एलेक्स थेरियन, बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..