बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

काठमाडौ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालयमा आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सो ऐन २०७५ को मस्यौदा गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको अघिल्ले सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ। मन्त्रालयअनतरगत संघीय तथा कानुन शाखाले चारदिनअघिदेखि छलफल प्रारम्भ गरेको मन्त्रालय स्रोतको भनाइ छ।

करिब ६ महिनाअघि सामान्य प्रशासन मन्त्रालयले सो मस्यौदा तयार गरेको थियो। मस्यौद भएको ५ महिनासम्म यस विषयमा कुनै प्रक्रिया अघि बढाएको थिएन।

‘प्रक्रिया अघि बढाउने बेला सरकार परिवर्तन भयो र नयाँ सरकारले सो विधेकका बारेमा चासो राखेन’ स्रोतले भन्यो। नयाँ सरकार गठनपछि विधेकका बारेमा पुनः छलफल आरम्भ भएको स्रोतको भनाइ छ। नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..