अस्पतालको लापरवाहीले यसरी गयो एक जनाको ज्यान

गुल्मी । अस्पतालको लाहापरवाहीले गर्दा गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यू भएको छ ।

मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मृत्यू भएको हो । सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए । ‘दाँत दुखेर दिउँसो २ बजे अस्पताल पुगेपछि अप्रेसन गरेर पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको हो ।’ उनले भने, ‘तर अप्रेसन पछि उहाँ फर्कनुभएन’

डक्टरको लापरवाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप छ । ‘तपाइँहरुले सक्नुहुन्न भने हामी बाहिर लैजान्छौँ भनेको हो, तर यहाँ हुन्छ भनेर उपचार गरेका हुन’ गौतमले भने ‘ईन्फेक्सन भएकालाई कम्तिमा २४ घण्टा एण्टीबायोटिक दिएपछि मात्र चिरफार गर्नुपर्नेमा त्यो नगरेर डाक्टरले लापर्वाही गरे ।’ अर्यालको मृत्यू पनि उनका २१ वर्षिय छोरा अस्पतालमै बेहोस छन् । डाक्टरको लापर्वाहीको कारण मृत्यू भएको भन्दै मृतकको शव मृतकको शव उठाइएको छैन । ‘अस्पतालको लापर्वाही देखिएपछि अहिले हामीले शव छुने कुरा हुँदैन’ गौतमले भने ‘परिवार र आफन्तहरु आउँदै हुनुहुन्छ, त्यसपछि मात्र छलफल हुन्छ ।’

अर्जेका वडाध्यक्ष शोभाखर गिरीले पनि अस्पतालकै लाहापरवाहीले गर्दा बिरामीको ज्यान गएको बताएका छन् । अस्पतालका डाक्टर याम भुजेलले बेलुका ८ बजे अर्यालको मृत्यू भएको स्विरकार गरे । अहिले आफन्तले शव उठाउन मानिरहेका छैनन् । केहि बेरपछि आफन्त र अस्पतालको टोलिबिच छलफल गर्ने तयारी रहेको वडाध्यक्षा गिरीले बताए

यी घटना गुपचाप भए रेसुङ्गा अस्पतालमा

रेसुङ्गा अस्पतालमा डाक्टरको लापर्वाहीका कारण विरामीको मृत्यू हुने घटना धेरै भएपनि सदरमुकामका ठूलाबडाको लगानी भएको कारण डर र प्रलोभनका कारण सबै घटना गुपचुप राखिएको थियो । तर यो घटना भने सार्वजनिक भएको छ । केही समय पहिला हस्तीचौरका एक विरामीको मृत्यू भएपछि आफन्तले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका थिए ।

तर तत्कालिन प्रमुख जिल्ला अधिकारी समेतको मिलेमतोमा घटना गुपचुपमै मिलाइएको थियो । अर्खलेकी एक गर्भवती महिलाको पनि अस्पतालको लापर्वाहीका कारण मृत्यू भएको थियो तर सो घटना पनि राजनीतिक दवावका कारण लुकाइएको थियो । ‘असारमा स्थानीय चुनावमा गाउँ गएको बेला मलाइ खुट्टामा गाउट ( चरम युरिक एसिड) भएछ, मेरा साथीहरू ढाल ब. पछाइ र खिम ब. अधिकारी सहित रेसुङ्गा अस्पतालमा गएँ । खुट्टामा पिप जमेको छ चिर्नु पर्छ भन्ने डाक्टरले नै आज शिबवलाल अंकलको ज्यान लिएछन् ’ अर्जेकै नरेन्द्र बहादर अर्यालले भने ।.

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..