सुहागरातमा बेहुली जब अंगालोमा आइन्, बेहुलाले प्रहरीमा गएर भने ‘मसँग धोका भयो’

एजेन्सी। बिहे पछि नयाँ जीवनका धेरै सपना सजाएका बेहुलाको सपना त्यतिबेला चकनाचुर भयो जब उनी आफ्नो जीवनको नयाँ सुरुवात गर्ने तयारीमा थिए । सुहागरातका पलहरु अविस्मरणीय बनाउन उनले धेरै तयारी गरेका थिए । तर जब बेहुली उनीनजिक आइन र जुन वास्तविकता थाहा भयो त्यसपछि भने उनी छाँगाबाट खसेझैं भए ।

घटना भारतको उत्तर प्रदेशको उन्नाव जिल्लाको हो । यहाँका एक युवकले गत बुधबार बिहे गरेर बेहुली भित्र्याएका थिए । ती युवकले बिहीबार बिहानै प्रहरीमा उजुरी दिन पुगे । युवकले प्रहरीमा दिएको उजुरीमा भनेका छन् जोसँग उनको बिहे भयो ऊ कुनै युवती नभइ किन्नर (तेस्रो लिंगी) हो ।

उनले उजुरी गरेपछि ती बेहुलीको मेडिकल जाँच पनि गरियो । जाँचमा उनी किन्नर भएको प्रमाणित पनि भयो । बेहुलाको सूचनापछि बेहुली पक्षका मानिसहरुले बेहुलीलाई लिएर गए । यसपछि बेहुलाले ससुराली पक्षविरुद्ध धोकाको आरोपमा मुद्दा दर्ता गर्दै कारवाहीको माग गरेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..