३२ हजार फिट माथि आकाशमा शिशा फुटेर पाइलट बाहिर हावामा लत्रेपछि…

हवाई जाहाज आकाशमा थियो तब अगाडिको शिशा फुट्यो र विमानका पाइलट आधा बाहिर निस्किए । यो कुनै हलिउड फिल्मको दृष्य होइन बरु चीनको एउटा यात्री विमानमा भएको वास्तविक घटना हो ।

धन्न विमानका अर्का फाइलटले समयमै आफ्ना को–पाइलटलाई भित्र ताने र बालबाल ज्यान बच्यो र विमानलाई आपतकालीन अवतरण गराइयो । विमानमा सवार सबै यात्री सुरक्षित रहेको बताइएको छ।

क्याप्टेन लियो च्वान जीएनले भने– एयरबस ए–३१९, ३२ हजार फिटको उचाईमा उडिरहेको थियो ।तब ककपिटमा जोडधार विष्फोट भयो ।
उनले चेंगडु इकोनमिक डेलीसँग भने–यस्तो हुने कुनै चेतावनी थिएन ।

‘विन्डशिल्ड अचानक फुट्यो र ठुलो विष्फोट भयो । र मैले देखेँ कि मेरा को–पाइलट विन्डशिल्डबाट आधा बाहिर निस्केका छन् ।’

भाग्यले को–पाइलटले सिटबेल्ट बाँधेका थिए । उनलाई तानेर भित्र ल्याइयो । यसैबीच प्रेशर र घट्दो तापक्रमका कारण विमानको उपकरणहरुमा समस्या आउन लाग्यो ।

क्याप्टेलने भने–ककपिटमा हरेक कुरा हावामा उडिरहेको थियो । म रेडियो सुन्न सकिरहेको थिएँ, प्लेन यति जोडले हल्लिरहेको थियो कि म त्यसलाई कन्ट्रोल गर्न सकिरहेको थिइनँ ।

घटना कसरी भयो ?

दुर्घटनाका बेला सिचुआन एयरलाइन्स ३यु८६३३ दक्षिण–पश्चिम चीनको चोंग–चिंगबाट तिब्बतको ल्हासा जाँदै थियो । यात्रुहरुलाई बिहानको खाजा दिइँदै थियो । तब अचानक विमान ३२ हजार फिटको उचाईबाट झरेर २४ हजारको उचाईमा आयो ।

एक जना यात्रीले आफ्नो अनुभव सुनाउँदै भने–हामीले बुझिरहेका थिएनौ कि के भयो । हामी निकै डराएका थियौ । अक्सिजन मास्क तल आएको थियो । हामीलाई लाग्यो कि विमान खस्दै छ, तर केही पलमै त्यो सम्हालियो ।

चीनको नागरिक उडयन विभागले को–पाइलट पाखुरामा चोट लागेको र उनको अनुहारमा केही कोतरिएको बताएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार ११९ यात्रुसहितको यो प्लेनलाई सुरक्षित ल्याण्ड गराइएको छ। प्लेन अवतरणपछि चेंगडुमा करिब २७ यात्रुको चेकअप गरिएको थियो । यसपछि ५० जना यात्रुले ल्हासा जानका लागि अर्को विमान बुक गराए ।

मानिसहरु के भनिरहेका छन् ?

विमानलाई सुरक्षित अवतरण गराएकामा क्याप्टेन लियोको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ। चीनको माइक्रो–ब्लगिंग साइट सिना वीभोमा मंगलबार #ChinaHeroPilot ट्रन्ड नै रह्यो । यसलाई १६ करोड भ्युज र १.७८ करोड कमेन्ट प्राप्त भयो ।

यस्तै हैशटैग #SichuanAirlinesWindscreenGlassCracked लाई ६.८ करोड भ्युज र ४९,००० कमेन्ट प्राप्त भयो । कयौले क्याप्टेनलाई पुरस्कार दिन माग गरेका छन् भने कतिले विमानको सुरक्षामा ध्यान दिन माग गरेका छन् ।

लेजी पिग गर्ल नामको एक युजरले सामाजिक सञ्जालमा लेखेका छन्–यस्तो दुर्घटना कसरी हुन सक्छ ? यो घटनाको जाँच गरेर जिम्मेवारलाई दण्ड दिनुपर्छ । यो घटनाबाट पाठ सिक्दै अगामी दिनमा यस्तो घटना दोहोरिन दिनु हुन्न ।

दुर्घटनाको कारण पत्ता लगाउनका लागि छानविन भइरहेको बताइएको छ। दुई महिना पहिला मात्र अमेरिकाको एउटा यात्रु विमानको इन्जिन आकाशमै पड्केको थियो । यसक्रममा एक जना महिला झ्यालबाट आधा बाहिर निस्केकी थिइन् । पछि उनको मृत्यु भएको थियो ।

विन्डस्क्रीन फुटने घटना कयौपटक भएका छन् । यस्तो कतिपय अवस्थामा चट्याङ पर्दा र कुनै चरासँग ठोक्किदा पनि हुने गर्दछ । यद्यपि यस्तो निकै कमै मात्र हुनछ कि पूरा स्क्रीनमै क्षति पुगोस् । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..