दुई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द, ट्रम्पसँगको भेट अनिश्चित, किन पछि हट्यो उत्तर कोरिया ?

उत्तर कोरियाले एकपटक फेरि सबैलाई आश्चर्यमा पार्दै दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ।

उत्तर कोरियाको सरकारी संचार माध्यमका अनुसार उत्तर कोरियाले आफ्नो छिमेकी देश र अमेरिकाको तर्फबाट संयुक्त रुपमा जारी सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै यो निर्णय गरेको हो ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनले लेखेको छ कि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास ‘उक्साहट’ हो ।

एजेन्सीले अमेरिकालाई पनि उत्तर कोरियाली नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच १२ जुनमा हुने बहुप्रतिक्षित भेटघाटको भविष्यका विषयमा चेतावनी दिएको छ।

रद्द गरिएको कुराकानी असैन्यीकृत क्षेत्र पनमुनजोममा बुधबार हुँदै थियो । र, यस विषयमा यसै साता सहमति बनेको थियो । यो कुराकानीमा दुवै देशका प्रतिनिधि २७ अप्रिलमा दुवै देशका प्रमुखबीच भएको कुराकानीमा भएको सहमतिलाई अगाडि बढाउने विषयमा विचार गर्ने तयारीमा थिए।

पनमुनजोम कोरियाली प्रायद्वीपको एउटा यस्तो स्थान हो जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सैनिक एकअर्काबीच नजिक छन् । सन् १९५३ पछिदेखि यहाँ युद्धविराम लागु छ।

उत्तर कोरियाली नेता किम जोंग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले द्विपक्षीय भेटघाटपछि कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त गर्ने सहमति जनाएका थिए । दुवैले १९५३ को युद्धविरामलाई औपचारिक रुपमा यही वर्ष शान्ति सन्धीमा परिवर्तन गर्ने इच्छा पनि व्यक्ति गरेका थिए ।

मार्चमा अमेरिकी राष्ट्रपति ट्रम्पले यो कुरा भनेर संसारलाई आश्चर्यमा पारेका थिए कि उनलाई किम जोंग उनसँग भेटघाटका लागि प्रस्ताव आएको छ, जुलाई उनले स्वीकार गरेका छन् ।

ट्रम्पले उक्त समय ट्वीट गरेका थिए–हामी दुवै यसलाई विश्व शान्तिका लागि एउटा निकै विशेष पल बनाउने कोशिस गर्नेछौ ।

बी–५२ बमवर्षक र एफ–१५ जेट विमानसहित करिब १ सय लडाकु विमानले शुक्रबार ‘म्याम्स थन्डर’ युद्धाभ्यास सुरु गरेको थियो । अमेरिका र दक्षिण कोरिया १९५३ को द्विपक्षीय सम्झौताअन्तर्गत यसप्रकारको युद्धाभ्यास गर्ने गरेका छन् । तर उत्तर कोरियाले यसप्रति आपत्ति जनाउँदै आएको छ। बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..