मन बहलाउने हो ? यो सहरमा मात्र दश रुपैयाँमा पाइन्छ भाडामा गर्लफ्रेन्ड !

एक्लोपन सबैभन्दा भारी र दुखद् हुने गर्दछ । एक्ला मानिसहरुलाई सधैं जोडी देखेर लाग्दछ कि आफूसँग पनि यसरी नै कोही हुन्थ्यो त १ जोसँग उ आफ्नो मनको कुरा भन्न सकोस् ।

यदि तपाई उन्मुक्त भएर मनको कुरा भन्न सक्नु हुन्न भने तपाईलाई कसैलाई प्रपोज गर्न पनि समस्या हुने नै छ। यस्तो अवस्थामा तपाई सिंगल नै रहनु हुनेछ । तर यदि तपाईले मात्र दश रुपैयाँमा कुनै सुन्दर युवतीसँग समय बिताउने अवसर पाउनु भयो भने ?

हो, यो खबर सत्य हो कि तपाईले मात्र दश रुपैयाँमै भाडामा गर्लफ्रेन्ड पाउन सक्नु हुनेछ । यो खबर आजभोलि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो खबरका बारेमा विस्तृत जानकारी लिन तपाई पनि उत्सुक हुनुहुन्छ होला । त्यसो हो भने ल तपाई पनि जान्नुस् कहाँ मात्र दश रुपैयाँमा गर्लफ्रेन्ड पाइन्छ ।

चीनमा हो त्यो सहर

तपाई यो थाहा पाएर केही दुःखी त पक्कै बन्नुभयो होला कि त्यो सहर नेपालमा नभएर दक्षिण चीनको गुआँडोंगमा हो । त्यहाँ ‘द वाइटेलिटी सिटी इन ह्युआन सिटी’को एउटा स्टोरमा लक्का जवान र सुन्दर मोडल मञ्चमा उभिएका हुन्छन्।

के हो पूरा कन्सेप्ट

यहाँ कुनै पनि पुरुष आएर आफूलाई मन परेको युवतीलाई २० मिनेटका लागि दश रुपैयाँ दिएर आफ्नो गर्लफ्रेन्ड बनाएर लैजान सक्छन् । यसो सोच्नुस् त यो अफर कति राम्रो छ ।

यो अफरको जानकारी

यो गोल्डन अफर पाउनका लागि पुरुषले आफूले छानेकी युवतीको मोबाइल फोनमा एक क्युआर कोड स्क्यान गर्नुपर्नेछ र पैसा तिर्नुपर्नेछ ।

एकपटक क्यु आर कोड स्क्यान भयो भने तब उक्त पुरुषले युवतीलाई मल र स्टोर वरपर घुमाउन सक्दछ । युवतीलाई किनमेल पनि गराउन सक्छ । तपाईले भाडामा लिइएकी युवतीलाई लञ्च डेटमा पनि लैजान सक्नु हुन्छ । यदि तपाई उक्त युवतीका साथ २० मिनेटभन्दा बढी समय बिताउन चाहनु हुन्छ भने तपाईले पुनः रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

अफर सजिलो भने छैन

कुनै पनि युवतीलाई यहाँबाट भाडामा लैजान त्यति सहज भने छैन । भाडामा लिएकी युवतीलाई तपाई शपिङ कम्प्लेक्स परिसरमा मात्रै घुमाउन सक्नु हुनेछ । त्यसबाहेक तपाई उक्त युवतीलाई उसको इच्छाविपरीत छुन पनि पाउनु हुने छैन । यदि तपाई पनि २० मिनेटका लागि कुनै युवतीका साथमा समय बिताउन चाहनु हुन्छ भने त्यो पनि मात्र दश रुपैयाँमा तपाई चीनको उक्त सुन्दर सहर जान सक्नु हुनेछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..