पुस्तकको प्रेरणाबाट प्राप्त हुन्छ यस्तो ऊर्जा, एउटा कथा पढेर सिकन्दरले यसरी विश्व जिते

युनानका सम्राट सिकन्दरलाई संसारले सिकन्दर महान वा ‘एलेक्जेन्डर द ग्रेट’ भन्ने गरेको छ। हामी सिकन्दरलाई महान यसकारण भन्ने गर्दछौ कि उनले निकै कम उमेरमा युरोपदेखि एसियासम्म आफ्नो सत्ता विस्तार गरेका थिए ।

मात्र ३२ वर्षको उमेरमा मर्नुअघि सिकन्दरले ग्रीसको शताब्दीयौ पुरानो दुश्मन फारसलाई आफ्नो सेनाका सामु घुँडा टेकाउन बाध्य बनाए। उनले सभ्यताहरुको केन्द्र रहेको मध्यपूर्व अर्थात अहिलेको सबै अरब देशमा आफ्नो शासन कायम गरेका थिए।

सिकन्दर महान बन्न र यति ठुलो सफलता प्राप्त गर्नुमा सबैभन्दा ठुलो भूमिका उनका उस्ताद अरस्तुले दिएको शिक्षालाई नै मान्ने गरिएको छ। के तपाईलाई थाहा छ त अरस्तुले सिकन्दरलाई के पढाएका थिए ?

वास्तवमा अरस्तुले सिकन्दरलाई सुनाएका थिए एउटा कथा । यो कथा केही कल्पना र केही वास्तविकताको मेलबाट बनेको थियो ।

कथा थियो ट्रायको युद्ध जुन ग्रीक कवि होमरले आफ्नो महाकाव्य ‘इलियड’मा विस्तारले बयान गरेका छन् । यो कथा समस्त मानिसको अनुभवको निष्कर्ष हो । कथामा माया, प्रेम छ । घृणा छ । यसमा वीर रस छ । यसमा मानिसको दैवीय चमत्कारको बयान पनि गरिएको छ।

इलियड एउटा यस्तो महाकाव्य हो, जसले सिकन्दरलाई जितको ऊर्जा भरिदियो । उनले ट्रायको लडाईबाट ग्रीक राजाहरुको एकजुटता र युद्ध रणनीतिको पाठ सिके र फेरि संसार जिते ।

कथाहरुको हाम्रो सभ्यतासँग गहिरो नाता छ । पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म संसारका हरेक कुनामा किम्बदन्ती र किस्साहरु मानवीय सभ्यताको विकासको हरेक चरणमा समावेश भएको छ।

बाल्यकालमा हामी सबैले पनि हजुरआमा, जिजुआमाहरुबाट कथाहरु अवश्य सुनेका छौ । राजाराजीको कथा, सात बहिनीको कथा, अलीबाबा र चालीस चोर, पञ्चतन्त्रलगायतका कथाहरु हामीमध्ये धेरैले सुनेको हुनुपर्छ।

हरेक कथाको अन्त्यमा एउटा पाठ अर्थात सबक हुने गर्दथ्यो। साथै शब्दको माध्यमबाट त्यो समयको खाका खिचिन्थ्यो, जसबाट बालबालिकाहरुलाई त्यतिबेलाको समाजको तौरतरिका र चालचलनको जानकारी प्राप्त हुन्थ्यो ।

कथा भन्ने र लेख्ने काम हरेक चरणमा हुने गरेको छ । अरब मुलुकमा अलिफ–लैला लेखियो भने भारतसहितका देशहरुमा पञ्चतन्त्रका कथाहरु । महाभारत र रामायणजस्ता महाकाव्य लेखिए ।

कथाको महत्व मात्र पुस्तकका पानामा मात्र छैन, बरु मानिसको जीवनमा पनि यसको मूल्य छ। स्वयम अरस्थुको भनाइ थियो कि साहित्य र कथाहरुले मानिसलाई मनोरञ्जनका गराउँदैन, बरु त्यसले मानवीय पाठ सिकाउँछ र कानुन बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

यसका अलावा गजल, मुक्तक, कविता, रुवाईले पनि मानिसको अनुभव बयान गर्दछ । यो सबैले असल मानिस बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

चीनमा सरकारी अधिकारी कविता लेख्थे

यस्तो होइन कि पूरा संसारमा साहित्य लेखनको सुरुवात महाकाव्य वा उक्त समयका राजामहाराजाहरुको हारजीतको कथा लेखनबाट सुरु भयो । धेरै स्थानहरुमा यसको सुरुवात कविताबाट पनि भएको छ। उदाहरणका लागि चीनमा साहित्यको सुरुवात मुक्तक लेखनबाट भयो । चीनमा कविता लेख्ने काम कविले मात्र गर्दैन थिए । बरु उच्च सरकारी पदमा रहेकाहरुले पनि कविता लेखनको परीक्षाबाट गज्रनु पर्दथ्यो ।

चीनमा सबै ठुला सरकारी अधिकारीहरुमा कवित भन्ने र कविता बुझ्नुपर्ने कुरालाई आवश्यक ठानिन्थ्यो । पूर्वी एसियामा गीत र कविताहरुको संकलन यहाँको साहित्यको ठुलो हिस्सा रहेको छ।

चीनबाटै प्रभावित भएर जापानमा पनि कविता विधालाई खुब प्रयोग गरियो । पहिलो चरणमा जापानमा महिलाहरुलाई चिनियाँ साहित्य अध्ययन गर्ने अनुमति थिएन । तर भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । प्रतिबन्धका बावदुज जापानी साहित्य जगतको एउटा ठुलो उपहार एउटा उपन्यासका रुपमा प्राप्त भयो, जसको नाम थियो, ‘द टेल अफ जेन्जी’ । यो उपन्यास एउटी महिलाले लेखेकी थिइन्, जसको नाम थियो मुरासाकी शिकिबु ।

यी महिलाले आफ्नो भाइले पढ्दै गरेको देखेर लेख्न सिकेकी थिइन् ।फेरि उनले करिब एक हजार पानाको पाण्डुलिपी तयार गरिन् । आफ्नो उपन्यासलाई उच्च दर्जाको बनाउनका लागि उनले करिब ८०० कतिाहरु समावेश गरिन् ।

साहित्य अर्थात किस्सा, कथाको जगतमा क्रान्ति ल्याउने श्रेय जान्छ अरब देशलाई, जसले चीनबाट कागज बनाउने कला सिके र त्यसलाई एउटा निकै सफल कारोबारको रुपमा अघि बढाए ।

कागजको आविस्कारभन्दा पहिला कथाहरु कन्ठ गरेरै एक पिढीबाट अर्को पिढीसम्म पुराउनु गरिन्थ्यो । जब मानिसले लेख्नु सुरु गरे तब उसले आफ्नो विचारलाई रुखको बोक्रामा सुरक्षित गर्न थाल्यो । ढुंगा र कागज आएपछि त तस्वीर नै बदलियो । अरब देशहरुमा पनि अलिफ–लैलाको कथा यसरी नै संकलन गरिएको थियो ।

कथा होस, कविता वा महाकाव्य सबै मानवताका लागि इतिहासको अटुट हिस्सा हो । इटालियन कवि दाँतेले यो स्थितिलाई निकै सुन्दर र रोचक अन्दाजमा पेस गरेका छन्, ‘डिभाइन कमेडी’ मा ।

कागजको आविस्कारले साहित्यलाई सजाउन सहयोग गरेको थियो, प्रिन्टिङको आविस्कारले यसलाई घरघरसम्म पुराइदियो । प्रिन्टिङपछि उपन्यास लेख्ने चलन बढ्न थाल्यो । विशेषगरी महिलाहरुका लागि ठुलो परिमाणमा उपन्यास लेखिन थाल्यो ।

नयाँ नयाँ देशहरुले आफ्नो स्वतन्त्रताका लागि आधुनिक उपन्यासको प्रयोग निकै गरे । वास्तवमा शासन स्वतन्त्रताका लागि साँस्कृतिक स्वतन्त्रता हुनु निकै आवश्यक हुन्छ र उपन्यासले यसलाई पूरा छुट दिने गर्दछ ।

जसैजसै प्रविधि बढ्दै गयो, साहित्यको पहुँच पनि बढ्दै गयो। शिक्षाको बढ्दो गुणस्तरले पनि यसमा महत्वपूर्ण भूमिका निभायो । पढ्नेहरु बड्न थाले तब बढी कथा लेख्नेहरु पनि धेरै देखिन थाले । अहिले हरेक प्रकारक कथा लेख्ने र पढ्नेहरु छन् ।

अहिले हामी इन्टरनेटको चरणमा बाँचिरहेका छौ । एक क्लिकमा संसारभरको साहित्य हामीसामु आउँछ ।यद्यपि हरेक कुरा अनलाइनमा भएका कारण पुस्तक छपाईमा नराम्रो असर परेको छ। तर यसबाट कथा सुन्ने सुनाउने मानिसको इच्छामा कुनै कमी आएको छैन ।

भलै पुस्तक हातमा लिएर कसैले नपढोस्, तर हरेकका साथ ग्याजेट्स छ, जसमा उसले जे चाह्यो त्यो पढ्न सक्दछ । त्यसैले हामी भन्न सक्छौ कि डिजिटल वर्ल्डमा हामी साहित्य लेखनलाई पुनः नयाँ तरिकाले सुरु गर्न सक्दछौ ।

त्यसैले समय भलै परिवर्तन भयो, ताज भलै बद्लियो, किस्सा सुन्नेसुनाउने क्रम जारी छ । कथाहरुको शासन हाम्रो मनमा अझै कायमै छ। मार्टिन पकनर, बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..