भूषाललाई लाईफटाइम लिजेन्ड्री, महर्जन र मल्ललाई रजत सम्मानएवं अर्याललाई पत्रकारिता पुरस्कार

छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदानगर्दै आएको सम्मानएवं पुरस्कारको घोष्णा गरेको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डस्को अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्रपत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

छायाँछवि क्रियशनले यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकीहाँस्य साम्राज्ञीको उपमापाएकी बसुन्धरा भूषाललाई प्रदानगर्ने भएको छ । २०२२ सालमानिर्मित ‘आमा’चलचित्र पछि भूषालले सिन्दुर, सन्तान, कन्यादान, साथी, चेलिवेटी, राँको, अप्सरा, वेइमानी, माया बैगुनीलगायत १०० भन्दा बढी चलचित्रहरुमाअभिनय गरेकी छिन् भने विभिन्न नृत्य, नाटक, गीती नाटक, टेलिश्रृंखला, भिडियो चलचित्रलगायतका धेरै अनुभव बटुलेकी छिन् । भूषालले विभिन्न सामाजिककार्य गर्दै संघ संस्थामा बस्नुका साथै धेरै सम्मानतथा पुरस्कारहरु पनिपाइसकेकी छिन् । यिनै बसुन्धरा भूषाललाई यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड २०७५ प्रदानगर्न लागीएको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुषतर्फका)े वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जनलाई प्रदानगर्ने भएको छ । २०४९ सालबाट वितरकको रुपमाचलचित्र क्षेत्रमाप्रवेश गरेका महर्जन यस पछि प्रदर्शन व्यवसायएवं चलचित्रनिर्माणमा हातहालेका हुन् । महर्जनको ओम्याक्स हेटौंडा सहितविभिननप्रदर्शन भवन संचालनमा छन् भने उनले संरक्षण, लुट, फष्र्ट लभ, मिसन पैसा रीलोडेड, लुट २, फन्को लगायतकाचलचित्रनिर्माण गरेका छन् । यिनै नरेनद्र महर्जनलाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५बाट सम्मानगरिन लागेको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५ (महिलातर्फको) मौसमीमल्ललाई प्रदानगर्ने भएको छ । यसो त मौसमीले चलचित्र ‘कान्छी’ मै बालकलाकार भएर खेलेकीथिइन् भने उनले नीर शाहको ‘पच्चीस वसन्त’मापनि सहायकपात्रको भूमिकामाअभिनय गरेकीथिइन् । स्वर्गीय दिपक रायमाझीको २०४६ सालमा बनेको चलचित्र ‘भाग्य रेखा’बाट नेपाली रजतपटमा प्रवेश गरेकीमौसमीकातिलहरी, भुमरी, देउकी, जन्मभूमी, पृथ्मी, लगायतका सयौं चलचित्र छन् । रंगमञ्चमा समेत प्रस्तुतहुने गरेकीमौसमीले थुप्रै भिडियो फिल्महरु पनि गरेकी छिन् । पछिल्लो चरणमा चलचित्रनिर्माणमा समेत मौसमीले हातहालेकीथिइन् । यिनै मौसमीमल्ललाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५ प्रदानगरिने भएको छ ।

यस्तै यस वर्षको छायाँछवि चलचित्रपत्रकारिता पुरस्कार श्यामअर्याललाई प्रदानगरिने भएको छ । स्याङ्जामाजन्मिएकाअर्यालले २०५८ सालमापोखराको रेडियो अन्नपूर्णबाट पत्रकारितामाप्रवेश गरेका हुन् । शुरुमा रेडियो प्रस्तोताका रुपमाप्रवेश गरेका अर्याल यतिखेर इमेज रेडियो तथा टिभीमा प्रेजेन्टर÷प्रोड्यूसरका रुपमाकार्यरत छन् । चलचित्रअभिनयमा समेत रुची राख्ने श्यामले केहि चलचित्रमाअभिनय समेत गरेका छन् । मूलतः रंग पत्रकारितालाई नै आत्मसातगर्दै रेडियोमा प्रस्तोताएवं टिभीमा प्रस्तोता–रिपोर्टर तथाप्रोड्युसरको रुपमाअर्यालले पत्रकारिताको अनुभव संगालेका छन् । यिनै श्यामअर्यालाई छायाँछवि पत्रकारित पुरस्कार –०७५मा रु १००,१०।– (दशहजार दश रुपैया) सहित पुरस्कार प्रदानगरिदैछ ।
छायाँछवि क्रियशनकाअध्यक्षशान्तिप्रियले यो सम्मानतथा पुरस्कार जेष्ठ १० गते राष्ट्रिय सभागृहमाहुने इएनआई डि सिने अवार्ड –०७५का अवसरमाप्रदानगरिने जानकारी गराए । अध्यक्षप्रियले यस पटकदेखि डि सिने अवार्डलाई इएनआई लुब्रीकेट्सले प्रायोजन गरेको र इएनआईका शुरेस उप्रेती सँग छायाँछविको सम्झौता समेत सम्मनभएको बताए । साथै इएनआई डि सिने अवार्ड ०७५मापावर वाईको रुपमा टेन्सवर्ग वियर रहेको छ । अवार्ड भव्यएवं सभ्य रुपमा सम्पन्नहुनेमाविश्वास रहेको छायाँछवि क्रियशनकाअध्यक्षशान्तिप्रियले बताए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..