उच्च रक्तचापको समस्या भएकाहरुले के खाने के नखाने ?

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनमा अझ बढी सावधानी अपनाउनुपर्छ ।

नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन । नुन धेरै नै कम खाएमा रगतमा सोडियमको मात्रा कम भएर मान्छे बेहोस र कहिलकाही ज्यानै पनि जान सक्छ ।

घरमा सामान्य नुन हालेर खाना खान मिल्छ । मुलतः खानामा नुन नथप्ने, न्युन सोडियम भएको नुनको प्रयोग गर्नेजस्ता विधि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन् । नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन मिल्छ ।

पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुरा हुनुपर्छ । साइट्रस पु्रmट्स जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।

केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूmल नियमित खानुपर्छ । ताजा फलफुलमा पाइने भिटामिन, मिनरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, रक्तचाप पनि घटाउछ ।

प्रशस्त हरियो सागसब्जी खानुपर्छ । प्रतिदिन २, ३ पटक हरियो सागसब्जी खानुपर्छ । माछाको प्रयोग फाइदाजनक मानिने भएकाले हप्तामा २ पटक माछा खाँदा राम्रो हुन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..