पुच्छर हल्लाईबाट बुझ्नुस् कुकुरको मनस्थिति, खतरा छ/छैन थाहा हुनेछ

कुकुरले पच्छार हल्लाएको त तपाईले पनि देख्नु भएकै होला । तर शायद तपाईले यो कुरामा ध्यान नदिनु भएको हुन सक्छ कि कुकुरले कयौ प्रकारले पुच्छर हल्लाउने गर्दछ।

अमेरिकाको लस एञ्जल्सस्थित डग बिहेवियर स्पेशलिस्ट तथा ट्रेनर रश हार्टस्टिनका अनुसार कुकुरको पुच्छर हल्लाउने तरिकाबाट थाहा पाउन सकिन्छ कि उक्त कुकुरबाट तपाईलाई कति खतरा छ। कुकुर जब खुसी हुन्छ तब आफ्नो मालिकका साथमा छ भने उसको पुच्छरका साथसाथै टाउको पनि हल्लाउने गर्दछ । यो फ्रेन्डली कुकुरको पहिचान हो ।

तर कतिपय अवस्थामा कुकुरलाई ठिक लाग्दैन र उसले यस्तो स्थितिमा पुच्छर फरक तरिकाले हल्लाउँछ । कुकुरले आफ्नो पुच्छर कहिलो माथि राख्छ भने कहिले पूर्णरुपमा तल लट्काउँछ, कहिलेकाँहि भने जोडजोडले हल्लाउँछ । यो सबैको फरक फरक अर्थ छ । यदि यो अर्थ बुझ्नु भयो भने कुकुरले गर्ने आक्रमणभन्दा पहिला नै थाहा पाउन सकिन्छ र सावधान हुन सकिन्छ ।

–पुच्छरका साथमा सबै शरीर हल्लाउनु

कुकुरले पुच्छरका साथमा पूरा शरीर हल्लायो भने उ त्यति नै फ्यामिलियर हुन्छ ।

–जोडले पुच्छर हल्लाउनु

यदि कुकुरले जोडजोडले पुच्छर हल्लाइरहेको छ भने बुझ्नुस कुकुरको दिमागमा कुनै तनाव चलिरहेको छ। यस्तो अवस्थामा कुकुर कुनै पनि बेला एक्सनमा आउन सक्दछ । यस्तो अवस्थामा सावधान रहनुस् ।

–विस्तारै पुच्छर हल्लाउनु

यदि कुकुरले विस्तारै विस्तारै केही सोच्दै पुच्छर हल्लाइरहेको छ भने त्यस्तो कुकुरदेखि टाढै रहनु उत्तम हुनेछ । यस्तो अवस्थामा कुकुर केही गर्ने विषयमा सोचिरहेको हुन सक्छ ।

–पुच्छर जोडले कडा बनाएर माथि लैजानु

यदि कुकुरले पुच्छर माथि लागेको छ र त्यो निकै टाइट छ र बेलाबेलामा जोडले हल्लाइरहेको छ भने कुकुरले त्यो ठाउँ मन पराइरहेको छैन भनेर बुझ्न सकिन्छ। वा त्यहाँ तपाई वा अन्य कुकुरको उपस्थिति उसलाई मन परिरहेको छैन भनेर बुझ्न सकिन्छ ।

–दाहिनेतर्फ पुच्छर हल्लाउनु

विज्ञका अनुसार कुकुरले दाहिनेतर्फ पुच्छर हल्लाइरहेको छ भने बुझ्नुस देब्रेतर्फ पुच्छर हल्लाउने कुकुरभन्दा अलि बढी नै फ्रेन्ड्ली हुन्छन् ।

–पुच्छर लत्रेको छ

कुकुर सहज अवस्थामा छैन भने यस्तो हुन्छ ।

–पुच्छर लुकाउको अवस्था

कुकुरले दुई खुट्टाको बिचमा पुच्छर लुकाएको छ भने बुझ्नुस उक्त कुकुर कुनै कारणले डराएको अवस्थामा छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..