चलचित्र निर्देशक दिपा बस्नेतको संयोजकत्वमा असाहय गरिबलाई भोजन दान

चलचित्र निर्देशक दीपा बस्नेतको संयोजकत्वमा आज आर्ट अफ गिभिङं दिवस मनाइएको छ । चलचित्र अन्तराल र श्री ५ अम्बरेको निर्देशन गरेकी बस्नेतले केहि वर्षदेखि सामाजिक कार्य पनि गर्दै आएकी छन् ।

मे १७ आर्ट अफ गिभिङ दिवसको अवसर पारेर निर्देशक दिपा लगायत विवेक तिवारी, नविना तामाङ्ग, विक्रम ओली, प्रभात रोय, नारद बाँस्तोला, रामु गैरे, कल्पना गुप्ताले मिलेर सामुहिक रुपमा आफुसक्दो आर्थीक सहयोग जम्मा गरेका थिए । यसरी जम्मा गरेको रकमले दिब्य सेवा निकेतन ९ज्येठ नागरिक आश्रय स्थल० गोल्फुटार, नि ः सहाय सेवा सदन तिनकुनेमा आश्रीत रहेका करीब ११५ आमा बुबाहरुलाई भोजन गराइएको थियो ।

त्यसैगरी चितवनको कान्दामा सञ्चालित कुमार बलराम स्मृती छात्राबासमा रहेका १६५ बालबालिकालाई एक दिनको खाना उपलब्ध गराइएको थियो भने अनामनगरमा रहेको श्री रुद्रमती प्राथमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकालाई एक दिनको लागी दिवा खाजा बाँडिएको थियो ।

आज मे १७ मा विश्वभर आर्ट अफ गिभिगं दिवस मनाइएको र आजै मात्रै विश्वभर गरेर करिब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन उपलब्ध गराइएको कुरा आर्ट अफ गिभिङ दर्शनका प्रतिपादक डा। अच्युत सामन्तले बताएका छन् ।

चलचित्र निर्देशक दीपा बस्नेतको संयोजकत्वमा आज आर्ट अफ गिभिङं दिवस मनाइएको छ । चलचित्र अन्तराल र श्री ५ अम्बरेको निर्देशन गरेकी बस्नेतले केहि वर्षदेखि सामाजिक कार्य पनि गर्दै आएकी छन् ।मे १७ आर्ट अफ गिभिङ दिवसको अवसर पारेर निर्देशक दिपा लगायत विवेक तिवारी, नविना तामाङ्ग, विक्रम ओली, प्रभात रोय, नारद बाँस्तोला, रामु गैरे, कल्पना गुप्ताले मिलेर सामुहिक रुपमा आफुसक्दो आर्थीक सहयोग जम्मा गरेका थिए ।

यसरी जम्मा गरेको रकमले दिब्य सेवा निकेतन ९ज्येठ नागरिक आश्रय स्थल० गोल्फुटार, नि ः सहाय सेवा सदन तिनकुनेमा आश्रीत रहेका करीब ११५ आमा बुबाहरुलाई भोजन गराइएको थियो । त्यसैगरी चितवनको कान्दामा सञ्चालित कुमार बलराम स्मृती छात्राबासमा रहेका १६५ बालबालिकालाई एक दिनको खाना उपलब्ध गराइएको थियो भने अनामनगरमा रहेको श्री रुद्रमती प्राथमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकालाई एक दिनको लागी दिवा खाजा बाँडिएको थियो ।

आज मे १७ मा विश्वभर आर्ट अफ गिभिगं दिवस मनाइएको र आजै मात्रै विश्वभर गरेर करिब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन उपलब्ध गराइएको कुरा आर्ट अफ गिभिङ दर्शनका प्रतिपादक डा। अच्युत सामन्तले बताएका छन् ।हेर्नुस केही तस्बिर:

-राजमार्ग

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..