तपाईलाई थाहा छ नाइटोमा तेल लगाउँदा हुने फाइदा ?

बेली बटन अर्थात नाइटो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसलाई पनि शरीरका अन्य अंगजस्तै हेरचाह आवश्यक पर्दछ । तर, अक्सर यसलाई हामीहरुले नजरअन्दाज गरिरहेका हुन्छौ ।

तर, तपाईलाई आश्चर्य लाग्न सक्छ कि यसको हेरविचारबाट तपाईको सुन्दरतामा वृद्धि पनि हुन सक्छ । हो, यसका लागि तपाईले मात्र नाइटोमा तेलको एक थोपा प्रयोग गरे पुग्छ । यसो गर्दा तपाई छालासँग सम्बन्धित समस्याबाट मुक्त हुनुहुनेछ । यसबाट तपाईको सुन्दरतामा पनि निखार आउनेछ,

पिन्पल्सबाट बच्नका लागि तपाई महंगा उत्पादन र कयौ फेस मास्क प्रयोग गरेर थाकिसक्नु भएको होला । त्यसो हो भने अरु केही ट्राइ गर्नुस् । सुत्नुअघि दुई थोपा निमको तेल आफ्नो नाइटोमा हाल्नुस् । यसलाई तपाईको रगत सफा गरेर पिंपल्सको समस्याबाट मुक्ति दिनेछ ।
यदि तपाईलाई अनुहारमा ग्लो चाहिएको छ भने हरेक रात बदामको तेलको एक थोपा नाइटोमा लगाउने गर्नुस् । सफ्ट स्कीनका लागि गाईको घ्युको प्रयोग गर्नुहोस् ।

अनुहारमा रहेको पिंग्मेन्टेशन अन्त्य गर्नका लागि बिहान वा राति जब तपाईले समय पाउनुहुनछ त्यतिबेला लेमन आयल (ध्यान दिनु होला लेमन जुस होइन) को एक दुई थोपाको प्रयोग आफ्नो नाइटोमा गर्नुस ।

यदि तपाई सुख्खा र रफ स्कीनका कारण तनावमा हुनुहुन्छ भने मोइश्चराइजरको सट्टा यो ट्रिक अपनाउनुस् । यसका लागि नहाउनुअघि नरिवलको तेल वा आलिभ आयलको एकदुई थोपा लिनुस् र आफ्नो नाइनोमा राखेर हल्का रगड्नुस्, साथै नाइटो वरपरको क्षेत्रमा पनि दल्नुस् ।
यदि अनुहारमा व्हाइट स्पट्स छ भने यसबाट छुटकारा पाउनका लागि नीमको तेलले बिहान वा बेलुका एकदुई थोपा दल्नुस । यो समस्याबाट मुक्ति पाउनुहुनेछ ।

ओठ फुटेर हैरान हुनुहुन्छ भने महंगो लिप बामको सट्टा राति सुत्ने बेला तोरीको तेलको एक थोपा नाइटोमा लगाउने गर्नुहोला । केही सातामै तपाईको ओठ सफ्ट र स्मुथ बन्नेछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..