पोइ खोज्न फेसबुकमा गरेको पोस्टले युवती यसरी भाइरल बनिन्, युवती आफै आश्चर्यमा

मायाको खोजी सजिलो भने छैन । तर आजभोलि कयौ प्रकारका मोबाइल एप्लिकेशन आएको छ, जसले यो काममा सहयोग गर्न सक्दछ ।

यी डेटिङ ऐप्सको सहयोग तपाईका लागि राम्रो विकल्प हुन सक्छ । तर कतिपय अवस्थमा यस्ता मानिस पनि भेटिन्छन्, जसका साथमा राम्रो अनुभव रहँदैन । त्यसैले यस्ता ऐप्सको प्रयोगमा कतिपय अवस्थामा हिचकिचाहट पनि हुन्छ । किनभने यसको माध्यमबाट भेटिने मानिस अपरिचित हुन्छन्।

त्यसैले मानिसहरु अब आफ्नो ‘डेट’ खोजी गर्नका लागि अर्को बाटो अपनाउन लागेका छन् । यसका लागि सामाजिक सञ्जालको सहयोग पन लिन लागिएकोछ।

सामाजिक सञ्जालमा मायालुको खोजी

यसका लागि फेसबुकजस्ता सामाजिक सञ्जाल प्लेटफर्मको प्रयोग गर्नेहरुका अनुसार सामाजिक सञ्जाल डेटिङ ऐप्सभन्दा उत्तम छ । किनभने यहाँ भेटिनेहरु तपाईको वा तपाईका साथीका चिनजानका मानिस हुन्छन् । तपाईले आफूले खोजेका मानिसका बारेमा बढी जानकारी पनि पाउनु हुनेछ ।

फेसबुकले हालै घोषणा पनि गरेको छ कि उसले चाँडै नै आफ्नो डेटिङ सेवा सुरु गर्नेछ । फेसबुकले डेटिङ सेवा सुरु गर्नुअघि नै एक जना महिलाले यो प्लेटफर्मको शक्ति पहिचान गरिसकेकी छन् । लण्डन निवासी २८ वर्षिय रेचल सेलिस्बरी अब डेटिङ ऐप्स प्रयोग गर्दिनन्।

अब उनले निर्णय गरेकी छन् कि उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्नो साथीहरुलाई बताउने छिन् कि उनी मायालुको खोजीमा छिन् । उनले फेसबुकमा यससँग सम्बन्धित एउटा पोस्ट गरिन् र हेर्दाहेर्दै उनको यो पोस्ट सामाजिक सञ्जालमा जोडदार तरिकाले भाइरल बन्यो।

उनले आफ्नो पोस्टमा लेखेकी छन्–त साथीहरु, यो शायद मैले गरेको अहिलेसम्मको सबैभन्दा विचित्रको पोस्ट हुनेछ । तर म भन्न चाहन्छु कि म रेचल सेलिस्बरी एक जना केटा साथीको खोजी गरिरहेकी छु । अनलाइन डेटिङबाट म वाक्क भइसकेकी छु । पूरानो समयमा मानिसहरु आफ्ना साथीहरुमार्फत प्रेमी, प्रेमिका भेटाउँथे । (यो कुरा मेरी आमा सधैं मलाई भन्ने गर्दथिइन् ) । त्यसैले मैले यो पोस्ट लेखेकी हुँ ।

केही घण्टामै रचेललाई संसारभरबाट जवाफ आउने थाल्यो । उनको पोस्ट भाइरल बन्यो । यहाँसम्म कि अस्ट्रेलियाजस्ता टाढाका देशका समाचार साइट्सहरुले रचेलको पोस्ट प्रकाशित गरे । रचेलले आफ्नो यो पोस्टमा प्राइभेसी सेटिङ परिवर्तन गरिन् ।

रचेलले भनिन्–तीन वर्षदेखि म सिंगल थिएँ । मलाई डेटिङ ऐप प्रयोग गर्न मन पर्दैन । मैले आइतबार राति डेटिङ ऐप डाउनलोड पनि गरे । केही युवकले मलाई त्यसमा म्यासेज पनि गरे । तर मैले सोमबार नै ऐप डिलेट गरिदिएँ । मलाई ऐप ठिक लागेन ।

फेसबुक पोस्ट गर्नुअघि उनले धेरै बेर सोच्दा पनि सोचिनन् । उनले एक जना मित्रको पोस्ट हेरेकी थिइन् । जसले मायालु खोज्ने विज्ञापन दिएका थिए र उनले प्राप्त पनि गरेका थिए ।

तब रचेलले सोचिन् कि म पनि त्यस्तो गर्न सक्छु । उनले सोचिन् कि यदि म सामाजिक सञ्जालको माध्यमबाट ब्वाइफ्रेन्ड खोज्नेछु भने उनले यस्ता मानिस भेट्ने छिन् जसलाई उनका कुनै न कुनै साथीले चिनेको हुनेछ ।

रचेलले आशा गरेकी थिइन् कि उनको साथीहरुले उनलाई सहयोग गर्नेछन् । उनीहरुले उनको पोस्ट आफ्ना सिंगल साथीहरुका साथमा शेयर गर्नेछन् वा ट्याग गर्नेछन् । उनले भनिन्–कयौ मानिसले भने कि म निकै बहादुर छु । तर जब मैले यो पोस्ट गरेकी थिएँ तब मेरो मनमा डरजस्तो पनि थियो । मलाई लागिरहेको थियो कि थाहा छैन कस्तो जवाफ प्राप्त हुनेछ ।

‘उत्तम तरिका’

रचेलको आफ्नो पार्टनर खोज्ने इमान्दारिताको संसारभरबाट सराहना भयो । उनी भन्छिन् कि मलाई संसारभरबाट माया प्राप्त भयो जुन माया प्राप्त भयो त्यसबाट म निकै खुसी छु ।

रचेलको पोस्टमा कयौ महिलाले कमेन्ट पनि गरे । ती महिलाहरुले भने कि उनीहरु रचेलको आइडियाबाट निकै प्रभावित छन् र उनीहरु पनि केही यस्तै गरेर आफ्नो मायालु खोज्न सक्नेछन्। एउटा कमेन्टमा लेखिएको छ–मलाई लाग्दछ, यो एउटा उत्तम आइडिया हो । यो आइडियाले हामीलाई त्यो पूरानो समय याद दिलाउँछ जब मानिसहरु साथीका लागि गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड खोज्ने गर्दथे । अहिले मानिस व्यस्त छन् । कसैसँग समय छैन कि उनीहरु आफ्ना साथीको माया हेर्न सकुन् र उनीहरुलाई माया खोज्न सहयोग गर्न सकुन् । त्यसैले यो तरिका निकै उत्तम छ।

प्रोफेशनल म्याच मेकर एले विलिमैन भन्छन् कि यो स्टोरी भाइरल हुनुको कारण यो हो कि मानिसहरुले यसलाई स्वयमसँग जोडेर हेरे । ती मानिसहरु पनि डेटिङ ऐपबाट वाक्क भइसकेका छन् । डेटिङ एप्समा दुई जनाबीच कुरा त धेरै हुन्छ तर त्यो कुराकानी वास्तवमै डेटमा रुपमान्तरण हुन पाउँदैन ।

तर, डेटिङ ऐप्सको सट्टा फेसबुकजस्ता सामाजिक सञ्जाल प्लेटफममा पार्टनरको खोजी जोखिमपूर्ण पनि हुन सक्दछ । यदि तपाईले आफ्नो प्राइभेसी सेटिङ राम्रोसँग गर्नु भएको छैन भने तपाईको पोस्ट लाखौ मानिससम्म पुग्न सक्दछ । तपाईले यो पनि सोच्नुपर्नेछ कि यदि तपाईको पोस्टलाई कसैबाट जवाफ प्राप्त हुँदैन वा कसैले तपाईको पोस्ट मन पराएन भने तपाईलाई कस्तो लाग्नेछ ।

यो पनि हुन सक्छ कि मानिसहरुले तपाईलाई ट्रोल गरुन्, जसबाट तपाईको कहिल्यै कुने ब्वाइफ्रेन्ड नै प्राप्त नहोस् । यद्यपि रचेल खुसी छिन् कि उनको पोस्टलाई संसारभरका मानिसले पढे ।

उनी भन्छिन् कि पहिला त फ्रेन्ड टु फ्रेन्ड रिकमेन्डेशन चाहन्थिइन् । तरअब मानिसहरु उनलाई संसारभरबाट सम्पर्क गरिरहेका छन् ।

भलै रचेललाई यो पोस्टको माध्यमबाट लामो समयसम्म साथमा रहने ब्वाइफ्रेन्ड पाएकी छैनन् । तर यसबाट उनलाई करिअर गोल अवश्य प्राप्त भएको छ। उनले एउटा कमेडी शो सुरु गरेकी छन्, जसमा उनी आफ्नो कथाको माध्यमबाट बताउँछिन् कि २०१८ मा प्रेमको खोजी कस्तो हुनेछ र जब तपाई भाइरल बन्नु हुनेछ तब के हुन्छ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..