प्रधानमन्त्री ओलीले भने–गणतन्त्र दिवस सरकारी दिवस होइन, जनदिवस हो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सरकारी व्यवस्था नभई जनव्यवस्था भएको बताउनुभएको छ ।

शुक्रबार गृहमन्त्रालयमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस सरकारी ढंगले नभई जनवादी ढंगले मनाउने समेत बताउनुभयो । उहाले गणतन्त्र दिवसलाई जनस्तरको बनाउन निर्र्देशन पनि दिनुभयो ।

गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन भएको भन्दै उहाले यसलाई औपचारिकता भन्दा माथि उठेर जनताको सहभागितामा मनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले राजतन्त्रलाई भगवानसंग तुलाना गरिने गरेको भन्दै धर्मलाई राजतन्त्रसंग जोडिनु पाखण्डपन मात्र भएको टिप्पणी गर्नुभयो । उहाले राजतन्त्र २०५८ सालमा नै समाप्त भएको भन्दै तत्कालीन सरकारसंग घोषणा गर्ने आँट नभएकाले नयाँ राजा खोजिएको तर्क गर्नुभयो ।

बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रुपमा मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।

बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचनाको सङ्गालो प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका बिशेष सर्वसाधारण समेतको उपस्थीतीमा कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै जेष्ट १६ गते साझ दीपावली गर्ने कार्यक्रम तय भएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..