गणतन्त्र दिवसको खुसियालीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्रलाई ओलीको आग्रह

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशियालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले पूजापाठको नाममा तमासा नदेखाउन पनि पूर्व राजा शाहलाई सचेत गराउनु भयो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका उहाँले अर्को वर्ष गणतन्त्र दिवस समारोह समितिमा बस्न पूर्व राजा शाहलाई आफूले नै प्रस्ताव गर्ने योजना पनि सुनाउनु भयो ।

प्रधानमन्त्री ओलीले राजसंस्थाप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन अव समाप्त भएको पनि स्मरण गराउनु भयो ।

सरकारले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । पूर्व राजा शाहले पनि नागरिकको रुपमा गणतन्त्र दिवसमा रमाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले जोतिषहरुले विमान दुर्घटना हुने लगायतका तथ्यहिन भविष्यवाणी गरिरहेको भन्दै आपत्ति पनि जनाउनु भयो । उहाँले कुन ग्रह र नक्षत्रले विमान दुर्घटना देखाएको भन्दै जोतिषहरुलाई प्रश्न पनि गर्नु भयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..