माओवादी–एमाले एकीकरणपछि किरातीले माओवादी पार्टी चलाउने

काठमाडौ । एकताका बिषयमा असन्तुष्ट जनाउदै आउनुभएका माओवादी नेता गोपाल किराँतीले एमालेसँग एकीकरण भएपछि अब माओवादी केन्द्रको नेतृत्व आफुले गर्ने दाबी गर्नुभएको छ ।

गत असोज १६ गते अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एकीकरण गर्ने प्रस्ताव गरेदेखिनै असहमत गोपाल किराँतीले माओवादी पुनर्गठनमा लागिएको जानकारी समेत दिनुभएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे किरातीले माओवादी पुनर्गठनका लागी आफ्नो नेतृत्वमा माओवादीले राष्ट्रिय भेला आयोजक समिति बनेको जानकारी दिनुभयो । उहाले माओवादी केन्द्रलाई निरन्तरता दिने र तत्कालै पार्टी पुनर्गठन गर्ने बताउनुभयो ।

चाँडै राष्ट्रिय भेला गरेर महाधिवेशन गर्ने तयारीमा लागिसकेको समेत उहाले बताउनुभयो । पत्रकार सम्मेलनमा उहाले पुष्प कमल दाहालले राजनीतिक कार्यदिशा र पहिचानको मुद्दा छाडेको आरोप लगाउनुभयो ।

पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादि कित्तामा पलायन भएको समेत किराँतीले आरोप लगाउनुभयो ।

विज्ञप्तिमार्फत नेता किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न समेत सबैमा आग्रह गर्नुभएको छ । एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखिनै प्रचण्ड नेतृत्वको माओवादीसँग आफूहरुले सम्बन्ध विच्छेद गरेको स्पष्ट पार्दै उहाँले दुई लाइन संघर्षको लागि आठौं महाधिवेशनको माँग गर्दा उल्टै निश्काषन गरिएको आरोप समेत लगाउनुभएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..