खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छुट्याउन जाने पनि काटिए

धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका ५ का एक स्थानीयले खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन।

स्थानीय कमलप्रसाद लिम्बुले खुकुरी प्रहार गरी आफ्नै श्रीमती गोपीमाया लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

खुकुरी प्रहार गर्ने कमलप्रसादलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

कमलप्रसादले श्रीमतीलाई खुकुरी प्रहार गरेको देखेर छुट्याउन गएका अर्का स्थानीय खड्गप्रसाद लिम्बु कमलप्रसादकै खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन। उनलाई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..