यस्ता रहेछन् सेक्सका विषयमा सबैभन्दा बढी सोधिने प्रश्न

यौनका विषमा सबैमा चासो रहने गर्दछ । यसलाई मानवीय र जैविक विषय पनि मान्ने गरिएको छ। यसका विषयमा मानिसका अनेक प्रकारका जिज्ञासाहरु पनि हुने गर्दछ। विशेषगरी युवाहरुका मनमा जो नयाँ रिलेशनशीप आएका छन् वा पहिलोपटक शारीरिक सम्बन्धको तयारीमा हुन्छन् उनीहरुमा यस विषयमा बढी जिज्ञासा रहने गरेको पाइन्छ । यहाँ यौन स्वास्थ्यसँग सम्बन्धित सबैभन्दा बढी सोधिने प्रश्न र त्यसको उत्तर प्रस्तुत गरिएको छ–

प्रश्नः मैथुन र हस्तमैथुनमा के फरक छ ? क्रिया समान हो ?

उत्तरः मैथुनमा वास्ताविकता हुन्छ, हस्तमैथुनमा काल्पनिकता ।

प्रश्नः बजारमा पाइने अर्बल सेक्स टनिक कति लाभदायी हुन्छन् ?

उत्तरः यो बेच्नेका लागि लाभदायी हुनछ र तर किन्नेका लागि हानिकारक ।

प्रश्नः स्वप्तदोष अर्थात नाइफलको उपचार के हो ?

उत्तरः जब रोग नै छैन उपचार केका लागि ?

प्रश्नः स्तनको साइज बढाउनका लागि बजारमा पाइने क्रिमको असर कत्तिको होला ?

उत्तरः यस्ता क्रिम लगाउँदा हातको मसल्स त वृद्धि सम्भव छ तर स्तनको साइज वृद्धि कहिल्यै हुन सक्नेछैन ।

प्रश्नः यदि महिला माथिल्लो पोजिसनमा रहेर यौन क्रिया गर्दा यो गर्भनिरोधको तरिका हुन सक्छ ?

उत्तरः यो बिल्कुल गलत धाराणा हो, जुन तत्काल हटाउनु जरुरी छ। एजेन्सीहरु

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..