कुकुर भनेर घरमै पालेको जनावरको वास्तविकता थाहा पाउदा उड्यो होस्

एजेन्सी । कुकुर सम्झेर दुई वर्षसम्म पालिरहेको जनावरको वास्तविकता सार्वजनिक हुँदा एक महिलाको होस् उडेको छ। ती महिलाले दुई वर्षअघि उक्त जनावरलाई कुकुर सम्झेर घरमा ल्याएर पालिरहेकी थिइन्। तर उक्त जनाव कुकुर नभई जंगली भालू थियो।

उक्त जनावरको वास्तविकता थाहाँ पाएपछि ती महिलाले तुरुन्त फरेस्ट विभागमा फोन गरेर सहयोग मागेकी थिइन्। यो घटना दक्षिण पश्चिम चीनस्थित यूननको हो। त्यही बस्ने मिस सु नाम गरेकी एक महिलाले छुट्टीको दिनमा कालो रंगको जनावर कुकुर भनेर घरमा ल्याएकी थिइन्। उनले उक्त जनावरलाई तिब्बतियन मिस्चीफ नामको एक कुकुर सम्झेकी थिइन्। दुई वर्षपछि उक्त जनावरको वजन २०० केजी भयो र डरलाग्दो जनावर देखियो। त्यसपछि ती महिलाले उक्त जनावर कुकुर नभई भालू भएको थाहा पाएकी थिइन्।

उक्त जनावर भालू भएको थाहा पाएपछि ती महिलाले तत्काल वन विभागका अधिकारीलाई जानकारी गराएपछि एनिमल रेस्क्यू टिमले उनको घर पुगेर उक्त भालूलाई नियन्त्रणमा लियो।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..