ज्योति मगर भन्छिन्, ‘बिहे नगरे पनि छोरा जन्माउँछु’

काठमाडौँ । स्टेज शोमा चर्चाको विषय बन्दै आएकी गायिका ज्योति मगरले आफ्नो बिहेको टुङ्गो नभए पनि सन्तान जन्माउने इच्छा व्यक्त गरेकी छिन् । ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी घरेलु हिंसाको शिकार भएको सन्दर्भमा ज्योति मगरले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् :

‘म बिहे गर्छु कि गर्दिन थाह छैन तर, सन्तान जन्माउने इच्छा छ । छोरा भयो भने मात्रै जन्मदिन्छु । छोरी भए गर्भपतन गराउँछु ।’ नेपालमा छोरीहरू पछिल्लो समय असुरक्षित बन्दै गएको भन्दै ज्योति भन्छिन् ‘हाम्रो समाजमा छोरीहरू असुरक्षित छन् आफ्नै श्रीमान वा प्रेमीबाट पनि हिंसाको शिकार हुन वाध्य छन् ।’

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..