एजेन्सी । एक दम्पतीले नयाँ विरुवा रोप्नका लागि आफ्नो घरको गार्डेन खनिरहेका थिए। उक्त क्रममा उनीहरुले एउटा थोत्रो बाकस फेला पारे।
उनीहरुलाई त्यो बाकस कुनै काम नलाग्ने थोत्रो बस्तु भन्ने आशंका गरेका थिए। तर त्यो बाकस खोल्नासाथ उनीहरु चकित भए। उक्त बाकस पुराना गरगहना तथा बाहुमूल्य बस्तुले भरिएको थियो। उक्त बाकसभित्र भेटिएको झोलामा पनि सुनका सिक्दा तथा सिक्री फेला पर्यो । उक्त बाकसभित्र भएको उक्त बस्तुको मूल्य करिब ५२ हजार डलर थियो।
यो घटना न्यूजल्याण्डस्थित स्टेलन आइल्याण्डको हो। त्यहाका एक दम्पतीले आफ्नो घरको गार्डनमा फूलका विरुवा रोप्नका लागि गार्डेन खन्दै गर्दाै उक्त बाकस फेला पारेका थिए।
उक्त बाकसभित्र नजिकैका छिमेकीको ठेगाना लेखिएको थियो। बाकस फेला पारेका जवाहारात र उनकी पत्नीले उक्त बाकस चोरी भएको हुन सक्ने आशंका गरेर प्रहरीमा खबर गरेका थिए। प्रहरीले बाकसभित्र लेखेको ठेगानामा पुगेर सोध्दा २०११ मा चोरी भएको थाहा भयो। प्रहरीले चोरी विरुद्ध मुद्दा चलाएको छ।