भुजुङले यसरी लुट्न लगाएका थिए साढे ३३ केजी सुन

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाहिरिएर अनामनगरसम्म आई हराएको तस्करीको साढे ३३ किलो सुन लुटने योजना राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङले बनाएको खुलेको छ। सुन हराएको भन्दै सुन काण्डमा मुख्य अभियुक्त गोरे भन्ने चुँडामणी उप्रेतीका केटाहरुले करेन्ट लागाई कडा यातना दिएर सनम शाक्यको हत्या गरेको भएपनि अहिले भने सुन भुजुङले नै लुट्न लगाएको तथ्य सार्वजनिक भएको हो । यो तथ्य सार्वजनिक भएसँगै शाक्यको अनाहकमा ज्यान गएको पुष्टि हुन्छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पोडैल नेतृत्वको छानविन समितिले गरेको अनुसन्धानबाट सुन लुट्न भुजुङले युवा परिचालन गरेको खुलेको हो। शाक्य हत्याकाण्ड र तस्करीको सुन हराएप्छि सोही काण्डमा पक्राउ परेका पुण्यप्रसाद लामाले बयानमा सुन भुजुङको समूहले नै लुटेको बताएका छन्। उनले वयानमा भनेका छन्–‘सुन बोकेर म र सानु वन अनामनगरतिर जाँदै थियौं, भुजुङका केटाहरू आएर सुन लुटे ।’

स्रोतका अनुसार विमानस्थलमा लोडरको काम गर्ने सानु वन भुजुङका विश्वास पात्र भएकै कारण सानुले कहिले, कति सुन आयो सबै भुजुङलाई रिर्पोट गर्थे। सानुकै सूचनाका आधारमा भुजुङले सुन लुट्ने योजना बनाएको पनि खुलेको छ ।

लामाले दिएको बयानमा ‘५ जनाको समूहमा आएका लुटेराको समूहले हामी गौशालाको प्रहरी हो, सुन कहाँ छ,’ भन्दै रोके र उनीहरूले वनसँग भएको सुन लुटे।’ उल्लेख छ । त्यसपछि उनीहरुले ‘तँ गौशाला प्रहरी चौकीमा आउनू’ भनेर भागेको लामाले बताए ।

यातान दिने क्रममा सुन भुजुङ गुरुङको मान्छेले लुटेकोे भन्दै भरियाहरूले स्वीकारेकाे यस अघि नै समितिले पत्ता लगाईसकेको छ । गोरेले त्यसको भिडियो बनाएका थिए। गोरेले बनाएको त्यो भिडियो अहिले भाइरल बनेको छ। विमानस्थलको ट्यांकरमा ठोकिएर रहस्यमय मृत्यु भएका सानु वनले पनि आफूलाई गुरुङका मान्छेले सुन लुटेको बताएको पुण्यप्रसादको बयान छ।

सुन लुट्न सनमको हात रहेको भन्दै गोरे समूहले शाक्यलाई मोरङको जंगलमा लगेर करेन्ट लगाएर यातना दिएको थिए।यातनाकै क्रममा शाक्यको मृत्यु भएको थियो। समितिको अनुसन्धानबाट लुटिएको ३३ किलो सुन भारतीय नागरिक ‘एमके’ भन्ने मोहनकुमार अग्रवाल भएको पनि खुलिसकेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..