तपाईलाई थाहा छ जन्म महिनामा निर्भर छ सफलताको रहस्य

वाशिङ्टन । यदि तपाई पनि आफ्नो बच्चालाई स्पोर्टस स्टार बनाउन चाहनु हुन्छ भने आफ्नो गर्भवली हुने यस्तो योजना बनाउनुस कि बच्चा जनवरीमै जन्मोस् ।

क्वीन्सल्याण्ड विश्वविद्यालय अफ टेक्नोलजीको इन्ष्टीच्युट अफ हेल्थ एण्ड बायोलजीकल इनोभेसनका शोधकर्ताहरुले यो दावी गरेका छन् कि बच्चाको जन्मको महिनाले उसको स्वास्थ्य, फिटनेस र खेल क्षमता प्रभावित गर्दछ ।

इन्ष्टीच्युटका डा. एड्रीयान बारनेट र युनिभर्सिटीका प्रोफेसर एनिटी डोबसनले अध्ययनमा अस्ट्रेलियन फुटबल लिग (एएफएल) का खेलाडिको जन्म दिनको विश्लेषण गरेका थिए । उनीहरुले वर्षको अन्तिम महिना विशेषगरी डिसेम्बर महिनामा जन्मेका खेलाडीहरुको संख्या सारै कम थियो । अस्ट्रेलियामा शैक्षिक सत्र जनवरी महिनाबाट सुरु हुने गर्दछ ।

डा. बारनेटले भने, यदि तपाई जनवरीमा जन्मनु भएको छ भने तपाईमा सिक्नका लागि वर्षको अन्तिम महिनामा जन्मेका अन्य विद्याथीैको तुलनामा १२ महिना बढी हुन्छ। त्यसैले तपाईमा ३१ डिसेम्बर या १ जनवरीमा जन्मनुले तपाईको जीवनमा ठुलो प्रभाव पार्दछ।

डा. बारनेटले जति आशा गरे, एएफएलमा जनवरीमा जन्मेका खेलाडीको संख्या त्योभन्दा ३३ प्रतिशत बढी थियो । जबकि डिसेम्बरमा जन्मेका खेलाड िसम्भावितभन्दा २५ प्रतिशत कम थियो । उनले भने, यो अध्ययन ती अध्ययनलाई स्पष्ट पार्दछ जसमा शैक्षिक सत्र सुरु हुने महिना नजिक जन्मेका र प्रोफेसनल खेलाडी बन्ने सम्भावनाका बीच सम्बन्ध पाइएको थियो ।

स्मरणरहोस् बेलायतमा गरिएको एक अध्ययनमा शैक्षिक सत्र सुरु हुने महिना नजिक जन्मेका बच्चा बढी आत्मविश्वासी हुनुका साथै शैक्षिक परिणाम पनि राम्रो ल्याउने गरेको तथ्य फेला परेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..