श्रीमतीको चरित्रमाथि शंका लागेपछि…

एजेन्सी। एक श्रीमानलाई आफ्नी श्रीमतीको चरित्रमाथि शंका लागेपछि उनले निकै अविश्वसनीय काम गरेका छन् । उनले आफ्नी श्रीमतीको जासुसी गर्न बेडरुममै स्पाइ क्यामेरा फिट गरेका छन् । अहिले श्रीमतीले श्रीमानविरुद्ध आफ्नो जासुसी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छिन् ।

प्रहरीले घरको वाटर प्युरिफायरमा जडान गरिएको क्यामेरा जफत गरी त्यहाँ भएको भिडियो बरामद गरेको छ । अनुसन्धानका क्रममा आरोपी व्यक्तिलाई श्रीमतीको चरित्रमाथि शंका भएको पाइएको छ । श्रीमतीले घरको सफाइ गर्ने क्रममा क्यामेरा भएको थाहा पाएकी थिइन् ।

भारतको पुणेकी ती महिलाले घरमा भएको पुरानो वाटर प्युरीफायर काम गर्ने महिलालाई दिनको लागि निकाल्दा क्यामेरा भेटेकी हुन् । क्यामेरामा महिलाले आफ्नै निजी घटना रेकर्ड भएको पाइन् । ती महिलाको केही महिनादेखि श्रीमानसँग राम्रो सम्बन्ध छैन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..