ज्याकलिनको बबाल पोल डान्स हिट

सलमान खान अभिनीत ‘रेस–३’ फिल्मको ट्रेलर अहिले चर्चामा छ । केही दिनअघि सार्वजनिक गरिएको ट्रेलर र हिरिये बोलको गीतले पनि अहिले दर्शकको मन जितिरहेको छ ।

हिरिये बोलको सो गीतमा सलमान र ज्याक्लिन जमेर नाचेका छन् । सो गीतमा ज्याकलिनले गरेको पोल डान्सले अहिले तारिफ पाइरहेको छ । ज्याकलिनको त्यो पोल डान्स सुटिङकै क्रममा चर्चामा थियो ।

मित ब्रदर्स, डिप मनी र नेहा भासिनले गाएको गीतमा मित ब्रदर्सकै संगीत छ । रेमो डिसुजा निर्देशित रेस ३ जुन १५ मा रिलिज हँुदै छ  । एक्सन फिल्ममा सलमान र ज्याकलिनका साथमा अनिल कपुर र बबी देओल पनि मुख्य भूमिकामा छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..