नयाँ सर्भेको परिणामः संसारबाट यसरी एक्लिदैछ अमेरिका, रुस र चीनतिर सबैको आँखा

डोनाल्ड ट्रम्पजस्ता साथी छन् भने दुश्मनको एक आवश्यकता । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णयहरुले अमेरिका र युरोपबीचको ७३ वर्ष पूरानो मित्रतामा अवरोध सिर्जना गरेको छ। भारतसहित एसियाको अवस्था पनि उस्तै छ।

८२ प्रतिशत जर्मन नागरिकका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका अब विश्वास गर्न लायक पार्टनर रहेन । जर्मनीको सरकारी ब्रोडकास्टर जेडडीएफको सर्भेमा यस्तो नतिजा आएको हो । जेडडीएफले साप्ताहिक शो पोलिटबारोमिटरका लागि यो सर्भे गराएको हो ।

सर्भेमा मात्र १४ प्रतिशत नागरिकले अमेरिका अहिले पनि जर्मनीको विश्वासयोग्य साझेदार रहेको बताए। ४ प्रतिशत नागरिकले भने–मलाई थाहा छैन । अमेरिका र जर्मनी १९४५ म द्वितीय विश्वयुद्ध अन्त्यसँगै महत्वपूर्ण साझेदार बनेका हुन् । तर ट्रम्प राष्ट्रपति बनेपछि यो विश्वास टुट्दै गएको छ।

ट्रम्पको राष्ट्रपतीय कार्यकालको १६ महिनामा भएको यो सर्भेमा ९४ प्रतिशत जर्मन नागरिकले भनेका छन् कि अमेरिकाको परिवर्तिन स्वभावपछि अब यरोपियन युनियनलाई बढी आन्तरिक सहयोग आवश्यक छ। तर मात्र २० प्रतिशत जर्मनलाई लाग्दछ कि युरोपियन संघ सफलतापूर्वक यसो गर्नेछ । २६ प्रतिशतलाई आशंका छ कि युरोपियन संघबीचको आपसी सहयोग अझ कमजोर हुनेछ ।

सर्भेमा सहभागी ३६ प्रतिशत नागरिकले रुसलाई जर्मनीको बलियो सहयोगी बताए । तर ५८ प्रतिशत जर्मन नागरिकले विदेश नीतिका मामिलामा रुसलाई अविश्वसनीय पार्टनर बताए । ४३ प्रतिशत जर्मन नागरिकलाई लाग्छ कि नयाँ बलियो साझेदार चीन हुन सक्दछ । यति नै नागरिक बेइजिङका साथ साझेदारीलाई लिएर चिन्ता पनि व्यक्त गरिरहेका छन् ।

रुसमाथि सबैभन्दा बढी भरोसा गर्ने जर्मनीको दक्षिणपन्थी पार्टी एएफडीका समर्थन सबैभन्दा अगाडि छन् । एएफडीका ६१ प्रतिशत जर्मन नागरिक जर्मनीको सबैभन्दा उत्तम साझेदार रुसलाई मान्दछन् । लेफ्ट पार्टीका ४५ प्रतिशत नागरिकको पनि यही राय छ। तर ग्रीन पार्टी र मुलधारका तीन ठुला पार्टीका अधिकांश समर्थकहरु बिल्कुलै यसविपरीत छन् ।

अन्तर्राष्ट्रिय राजनीतिले निकै तिब्ररुपमा कोल्टे फेर्दैछ । ट्रम्प राष्ट्रपति बनेपछि अमेरिका विस्तारै एक्लो पर्दै गएको देखिएको छ । पेरिसमा भएको जलवायु सन्धीबाट बाहिर निस्कनु, चीन र युरोपका साथ सीमा शुल्क विवाद र इरान डिलबाट बाहिर निस्कनुले संसारभरका देशलाई तनावमा पारेको छ। इरान डिल र नाटोको बजेटलाई लिएर ट्रम्पको व्यवहारबाट युरोपीय साझेदार रुष्ट भइसकेका छन्।

यही कारण हो कि जर्मनी र रुस पुनः आपसी सम्बन्धलाई न्यानोपन दिन खोजिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोी पनि एकपटक रुसका साथ चिसिदो सम्बन्धमा नयाँ प्राण भर्ने कोशिस गरिरहेका छन्। ट्रम्पको व्यवहारबाट आहत देश अब चीन र रुसतर्फ हेरिरहेका छन्। बेइजिङ र मस्कोले संसारलाई यो विश्वास दिलाउने भरपुर कोशिस गर्नेछन् कि संसार अमेरिकाबिना पनि चल्न सक्दछ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..