आईपीएलमा आज सन्दिपको अन्तिम खेल, कस्तो रहला प्रदर्शन ?

काठमाडौ । इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दिप लामिछाने आज पनि खेल्दै छन् ।

आज सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध बलिङ गर्ने छन् । यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ ।

१२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए । सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भएका थिए ।

आइपीएलमा आज दुई खेल हुने

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्र्तगत आज दुई खेल हुने भएका छन् ।

आज हुने पहिलो खेलमा दिल्ली डेयरडेविल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्लीको फिरोज साहकोटला मैदानमा हुने आजको खेल दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

त्यस्तै आजै हुने अर्को खेलमा चेन्नई सुपरकिंग्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । महाराष्ट्र क्रिकेट एशोसिएसन पुणेमा हुने यी दुई टोलीबीचको खेल राति सवा ८ बजे सुरु हुनेछ ।

यसअघि गए राति भएको खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३० रनले पराजीत गरेको हो । यस्तै दोस्रो खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजीत गरेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..