भारतको कानपुरमा विषालु मदिराको कहर, १२ जनाको मृत्यु, सयौ विरामी

शनिबार र आइतबार दुई दिनमा भारतका कानपुर नगर र कानपुरको ग्रामीण क्षेत्रमा विषालु मदिराका कारण कहर मच्चिएको छ। अहिलेसम्म १२ जनाको मृत्यु भइसकेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यद्यपि स्थानीयले सरकारी विक्री केन्द्रबाटै मदिरा किनेका थिए । सरकारी मदिरा पनि विषालु निस्किएपछि सर्वसाधारणको मृत्यु भएको हो । शनिबार ६ जनाको मृत्यु भएको छ भने कानपुर नगरको सेचेन्डी क्षेत्रमा आइतबार थप ६ जनाले ज्यान गुमाएका छन् ।

मदिरा सेवन गरेका कयौ नागरिक गम्भीर विरामी परेका छन् । विरामीहरुमध्ये अधिकांशको हैटल अस्पतालमा उपचार गराइदैछ । प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ। जसमा मुख्य अभियुक्त विनय सिंह पनि रहेको भारतीय प्रहरीले जनाएको छ।

सरकारले मृतकका परिवारलाई दूई दुई लाख दिने र विरामीहरुको उपचारका लागि ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । आइतबार हैटल अस्पतालपुगेका उपमुख्यमन्त्री डाक्टर दिनेश शर्माले दोषीमाथि कारबाही गरिने बताए।

प्रहरी कारबाहीमा उत्रिएपछि व्यापारीहरुले सयौ लिटर मदिरा खेतमा बगाएका छन् । भारतमा विषालु मदिरा सेवनबाट ज्यान जानुलाई सामान्य मानिने गर्दछ । यद्यपि भारतमा जथाभावी मदिरा बेचविखनमा रोक लगाइए पनि सरकारी ठेक्कामा विक्रीवितरण गरिने मदिरा नै विषालु पाइने गरेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..