महिला गर्भवती थिइनन्, प्रतिबन्धका बावजुद १२ वर्षपछि कुनै बच्चा जन्मिएपछि सिंगो द्वीपमै खुसियाली

ब्राजिलको एउटा सुदूर द्वीपमा १२ वर्षपछि एउटा बच्चा जन्मिएको छ। यसअघि उक्त द्वीपमा कुनै बच्चाको जन्म भएको थिएन । उक्त द्वीपमा बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो । तैपनि नयाँ सन्तान जन्म भएपछि उत्सव मनाइँदैछ ।

ब्राजिलको नताल सहरबाट ३७० किलोमिटर टाढा फेर्नान्डो डी नोरोन्या द्वीपमा करिब तीन हजारको आवादी छ। यो द्वीपको अस्पतालमा मैटरनिटी वार्ड छैन । त्यसैले जुन महिलाहरु गर्भवती हुन्छन् उनीहरु सन्तान जन्माउनका लागि मुख्य भू–भागमा जानका लागि भन्ने गरिन्छ ।

जुन महिलाले शनिबार यो द्वीपमा छोरी जन्माइन् , उनले आफ्नो पहिचान सार्वजनिक गर्न चाहेकी छैनन् । उनी भन्छिन् कि उनलाई थाहा थिएन कि उनी गर्भवती थिइन् र शिशुको जन्म भएपछि उनी आफै आश्चर्यमा परिन् ।

एक अनुमान अनुसार उक्त महिलाको उमेर २२ वर्षको छ। ओ ग्लोबो वेभसाइटसँग ती महिलाले भनिन्–शुक्रबार राति मलाई पीडा सुरु भयो र म वाथरुममा गएँ । तब मलाई महशुस भयो कि केही भइरहेको छ। वास्तवमा त्यो प्रश्रव पीडा थियो। फेरि मैले शिशुलाई उनका पिताले आएर उठाए । मैले छोरी जन्माएँ । म त यो घटनाबाट आश्चर्यमा छु ।

यसपछि शिशुलाई स्थानीय अस्पताल लगिगयो । स्थानीय प्रशासनले वक्तव्य जारीगरेर घटनाको पुष्टि गरेको छ।

ओ ग्लोबोका अनुसार प्रशासनको तर्फबाट जारी व्यक्तव्यमा भनिएको छ–यो प्रश्रव महिलाको घरमै भयो । उनले आफ्नो पहिचान सार्वजनिक गर्न चाहेकी छैनन् । उनका परिवारका अनुसार उनलाई गर्भवती भएको बारेमा कुनै जानकारी थिएन ।

यो द्वीपमा यसरी सन्तान जन्मिएपछि स्थानीय उत्सव मनाइरहेका छन् । रिपोर्टका अनुसार यो परिवारको सहयोग गरिँदैछ । केहीले बच्चीलाई कपडा पनि दान गरेका छन् ।

फेर्नान्दो नोरोन्यामा कयौ सुन्दर विच छन् । जसको गन्ती संसारभरका सुन्दर तटमा गरिन्छ । यो द्वीप वन्यजन्तु संरक्षणका लागि पनि चर्चित छ। बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..