आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालनमा, यस्तो छ व्यवस्थापन

काठमाडौ । सरकारले मुलुकको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा संचालन गर्न सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सोमबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा संचालन गरिएको औपचारिक घोषणा गर्नु भएको हो । विमानस्थलको काम कार्वाहीलाई व्यवस्थित र उडानलाई सुरक्षित बनाउन सोमबारदेखि विमानस्थललाई दैनिक २१ घण्टासम्म संचालन गर्न लागिएको मन्त्री अधिकारीले बताउनु भयो ।

१८ घण्टा दैनिक संचालन हुँदै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संचालन अवधि ३ घण्टा थप गरेर २१ घण्टा पु¥याइएको हो । थप गरिएको समयले विमान उडान व्यवस्थापन थप सुदृढ हुने विमानस्थलको दावी छ । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सरकारले विमानस्थललाई व्यवस्थित बनाउन दैनिक २१ घण्टा संचालन गर्ने निर्णय लिएको स्पष्ट पार्नु भयो ।

उहाँले सरकारका निर्णय पूर्ण पालना गर्न विमानस्थलका सम्पूर्ण कर्मचारीलाई कडा निर्देशन समेत दिनु भयो । सचिव देवकोटाले विमानस्थलको काम कार्वाही प्रभावकारी नभए सम्बन्धित कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो । उहाँले सरकारको निर्णय अनुसार काम नगर्ने प्रवृति सरकारका लागि सैह्य नहुनेतर्फ पनि कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ घण्टा नै संचालन गर्ने लक्ष्य लिएको बताउनु भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..