अख्त्यिारद्वारा सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीमाथि कारबाही

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रबाट आयोगमा प्राप्त आर्थिक बर्ष २०७३÷७४ को सम्पत्ति विवरण नबुझाउने कर्मचारीको विवरण समावेश भएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन २०७३, ७४ उपर आयोगको बैठकमा छलफल गरी कारवाही रामेश्वर दंगालले बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..