गर्भ रहेको २४ वर्षपछि जन्मियो बच्चा

२४ वर्षपहिला सुरक्षित राखिएको एउटा भ्रुणबाट अहिले एउटा बच्चा जन्मिएको छ। आइवीएफ प्रविधि आएपछि गर्भधान र बच्चाको जन्मबीच यो सम्भवतः सबैभन्दा लामो अन्तर हो ।

अमेरिकामा यो भ्रुणलाई एउटा परिवारले एउटा संस्थालाई दान दिएको थियो । यो भ्रुणबाट जुन महिलाले बच्चालाई जन्म दिइन्, उनी स्वयम यो भ्रुणको गर्भधानका बेला डेढ वर्षकी थिइन् । यो बालिका अब एमा रेन गिब्सन नामले परिचित हुने छिन् । एमाको भ्रुण फ्रिज गरेर २४ वर्षदेखि सुरक्षित राखिएको थियो । यही वर्ष मार्चमा यो भ्रुण टिना गिब्सनको गर्भाशयमा प्रविष्ट गराइएको थियो ।

एमाको जन्म नोभेम्बरमा भएको हो । २६ वर्षीया टीनाले सीएनएनसँग कुरा गर्दै भनिन्–तपाईलाई यो अन्दाजा छ कि म मात्र २५ वर्षकी छु ? यो भ्रुण र म बेस्ट फ्रेण्ड पनि हुन सक्थ्यौ । उनले भनिन्–मलाई बस एउटा बच्चा चाहिएको थियो । मलाई परवाह छैन कि यो विश्वको रेकर्ड बनोस वा नबनोस ।

राष्ट्रिय भ्रुण दान केन्द्र नामको संस्थाले यो निषेचित भ्रुण उपलव्ध गराएको थियो ।यसप्रकारका भ्रुण लामो समयसम्म जम्ने तापमानमा सुरक्षित राख्ने गरिन्छ, त्यसैले डाक्टरहरुले यसलाई ‘स्नो बेबिज’ भन्ने गर्दछन् । अमेरिकाको टेनेसी प्रान्तको नाक्सविल सहरस्थित यो संस्था दम्पत्तिहरुलाई प्रोत्साहन दिन्छ कि यदि उनीहरु अरु बच्चा जाहँदैनन भने आफ्नो भ्रुण दान गरुन्, ताकि अन्य दम्पत्तिलाई यसबाट फाइदा होस् ।

टीना र बेन्जमिन गिब्सन यो संस्थामा पुगे, जहाँबाट उनीहरुले यो भ्रुण पाए । सिस्टिक फायब्रोसिस नामको रोगका कारण बन्जामिन पिता बन्न सक्दैन थिए । एमाको गर्भधान अक्टोबर १९९२ मा भएको थियो। टीना अब एमाकी आमा हुन् र १९९२ मा उनी मात्र डेढ वर्षकी थिइन् । २४ वर्ष पूरानो

यो भ्रुण सबैभन्दा लामो समयसम्म सुरक्षित राखिएको भ्रुण मानिएको छ। बेन्जामिन भन्छन्–एमा एउटा निकै नै सुन्दर चमत्कार हुन् ।

उनी भन्छन्–मलाई लाग्छ कि यति लामो समयसम्म जमेर बसेपछि पनि उनी निकै सुन्दर देखिन्छिन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..