थाहा पाइराख्नुस् कुन बार के काम गर्दा सफलता हासिल गर्न सकिन्छ ?

आइतबार 

आइतबार राज्याभिषेक गर्ने , गीत, बाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु, किन-बेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औषधी निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनी, वस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार उपयुक्त हुन्छ ।

सोमबार 

यज्ञ गर्नु गराउनु, गाई, भैँसी, घोडा, फुल, घाँस, वृक्ष्य, मोती, चादी आदिको किनबेच गर्नु, स्त्रीको सङ्गत गर्नु उपयुक्त हुन्छ

मङ्गलवार 

यसबारमा भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नु शुभ मानिन्छ ।

बुधवार

यस बारमा चातुर्य , दक्षता , पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वस्तु कला , नोकरी गर्नु , बादबिबाद गर्नु शुभ मानिन्छ , विहीवारः धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , मन्त्र जप तप गर्नु , नयाँ कामको अध्ययन गर्नु , वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ ।

शुक्रवार

यसबारमा गायन ,मणि , रत्न , हिरा , सुगन्ध , वस्त्र , उत्साह , अलङ्कार , वाणिज्य , व्यापार , गाइ९बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ ।

शनिवार

यसबारमा झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह(प्रवेश), स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरबार आदिको कार्य गर्नु शुभ मानिन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..