पहिरनको समाचारप्रति नायिका करिश्माको आक्रोश,महिला अधिकारकर्मी समेत जागे

नायिका करिश्मा मानन्धरले लगाएको छोटो पहिरनको सर्वाधिक चर्चा भैरहेको छ । जस्का कारण यतिबेला नायिका करिश्मा मानन्धर आक्रोशित भएकी छन् ।

आफ्नो लगाउन पाउने नैसर्गिक अधिकारको बारेमा हांसो उडाईयो भन्दै फेसबुकको टाईमलाईनमा दुईवटा स्टाटस पोष्ट गरीन जहां उनले लेखेकी छन् सुहाउनेले पो लगाउंछन् नसुहाउनेले के गर्छन ।

नयिका करीश्मा मानन्धर सदवाहर सुन्दरी कसैको दुई मत नै छैन । बेला बेला उनका कन्टोभर्सीज आईरहन्छन । पछिल्लो समय आफ्नै छोरी कविता मानन्धरले डेब्यु गरेको यस्तो एउटा प्रेम कहानीको को टीजर रिलिजमा छोरी कविता र श्रीमान बिनोद मानन्धरसंगै राईजिङमल स्थित क्युज सिनेमाजको हलमा पुग्दा लगाएको करिश्मको वानपीस स्कर्टले सर्वाधिक चर्चा पायो रंग स्तम्भ र समाचारमा बिभिन्न हेडलाईनमा समाचारहरु बने ।

बिशेष गरी छोटो पहिरनमा नायिका करिश्मालाई कार्यक्रम अवधीभर स्टेजमा बस्न अप्ठयारो भएको सन्दर्भलाई बिभिन्न हेडलाईनमा समाचारहरु बने । बिशेष त आफ्नो उमेर ,बोल्ने शैली लगाएतका कुरालाई हांसोमा उडाईएकोमा नायिका करिश्माको आपत्ति थियो ।

नायिका करिश्माले दोश्रो स्टाटसमा त शिरदेखि पाउसम्म ढाकीएको कपडा लगाएको तस्वीर राखेर क्याप्सन र समाचार बनाउन च्यालेन्ज दिएकीछन् ।

नयिका करिश्मा मानन्धरको पहिरनको बिषयमा आएको समाचारले महिलाअधिकारकर्मीहरुको समेत ध्यान खिचेको छ । नारायणी देवकोटाले ट्वीटरमा समाचार शेयर गर्दे वाउ मिडिया भनेकीछन् ।

सरला गौतमले समाचार बेचेर खानुपर्ने बाध्यता भन्दै समाचार शेयर गरेकी छन् । सुनकेसरी डट कमबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..