महिलाले ब्रा र पैन्टी कहिलेबाट लगाउन थाले ? लगाउन हुने भन्न र देखाउन किन लाज ?

भारत र नेपाली समाजको सोच करिब करिब उस्तैउस्तै छ । खुला सीमा, रहनसहन, संस्कृति र भाषा साहित्यले पनि नेपाल र भारतीय समाज एकअर्काभन्दा फरक छैनन् । परिवर्तनका रुपमहरु पनि यस्तै यस्तै छन् । भारतमा जस्तै नेपालमा पनि महिलाका अन्तःवस्त्रलाई ‘अश्लील’ मान्ने गरिन्छ । तर, यही समाज हो पुरुषका तिनै वस्त्रलाई अश्लील मान्दैन । त्यसैले भारतीय समाजलाई आधार बनाएर तयार पारिएको यो आलेख नेपाली समाज परिवर्तनमा पनि महत्वपूर्ण हुन सक्छ । त्यहाँ र यहाँ समस्या यस्तै भएकाले यो आलेख हामी सबै नेपालीले पनि अध्ययन गर्नु र समय सापेक्ष आफू र आफ्नो समाजलाई परिवर्तन गर्नु आवश्यक छ। त्यही उद्देश्यले हिन्दीमा प्रकाशित यो आलेखलाई नेपालीमा भाव अनुवाद गरिएको हो –सम्पादक

‘युवतीहरु कृपया ‘स्किन कलर’ को ब्रा लगाऊ । ब्राको माथि समीज पनि लगाउ ।’ केही दिनअघि कथित रुपमा यो फरमान भारतीय राजधानी दिल्लीको एउटा नामी विद्यालयमा नवौं र बाह्रौ कक्षामा अध्ययन गर्ने किशोरीहरुका लागि जारी गरिएको थियो ।

यो सबैको उद्देश्य के थियो ? स्किन कलरको ब्रा नै किन ? दिल्लीको यो भिषण गर्मीमा ब्रामाथि स्लिप लगाउने आदेशको मतलब के हो ? र, यो फरमान किशोरीहरुका लागि मात्रै किन ? त्यसो त यो फरमान यस्तो होइन कि पहिलोपटक जारी गरिएको होस्।

महिलाहरु पनि सहज हुन्छन्….

महिलाहरुको अन्डरगारमेन्ट विशेषगरी ब्रालाई एकप्रकारको भड्काउ र सेक्शुअल वस्तुका रुपमा हेर्ने गरिन्छ । अहिले पनि धेरैजसो महिला ब्रालाई तौलिया वा अन्य कपडाले छोपेर सुकाउने गर्दछन् । हो, कुनै पुरुष पनि आफ्नो भित्री वस्त्र लुकाएर सुकाउँछन् कि सुकाउँदैनन् ।यो शोधकै विषय हो ।

अहिले पनि मानिसहरु किशोरीको ब्राको स्ट्रैप देखेर असहज हुने गर्दछन् । पुरुषहरु मात्र होइन, महिलाहरु पनि असहज हुने गर्दछन् र आँखाको इशाराले किशोरी वा महिलाहरुलाई त्यो ढाक्न भन्छन् ।

यदि तपाईलाई यो बितेका जमानाको कुरा लाग्दछ भने शायद यहाँ यो बताउनु रोचक हुनेछ कि चलचित्र ‘क्वीन’मा सेन्सर बोर्डले कंगना रनौतको ब्रालाई ब्लर गरिदिएको थियो ।

‘ब्रा’ र ‘पैन्टी’

गत वर्ष साहित्य कला परिषदले कथित रुपमा एउटा नाटक मञ्चन यस्तै केही असहज महशुस गरेका कारण रोकेको थियो । यो नाटकको पटकथा र सम्वादलाई लिएर तब यसो भनियो कि यसका कुनै दृष्यमा ‘ब्रा’ र ‘पैन्टी’जस्ता शब्दको प्रयोग गरिएको थियो ।

यद्यपि आयोजकका अनुसार उनीहरुलाई आपत्ति मात्र ‘ब्रा’ र ‘पैन्टी’ जस्ता शब्दमा थिएन, यसका साथै अरु पनि कयौ ‘अश्लील’ शब्दको प्रयोग नाटकमा गरिएको थियो । महिलाहरुसँग कुरा गर्दा तपाईलाई थाहा हुनेछ कि उनीहरुका लागि ब्रा लगाउनु जरुरी पनि छ र कुनै झन्झटभन्दा कम पनि छैन ।

विस्तारैविस्तारै व्यवहारमा आयो…

२४ वर्षीया रचनालाई सुरुमा ब्रादेखि नै घृणा थियो तर विस्तारै विस्तारै बानी बस्यो वा यसो भनौं कि यो बानी बसालिन् । उनी भन्छिन्–टीनएजमा जम आमाले मलाई ब्रा लगाउन सल्लाह दिन्थिइन् तब मलाई निकै रिस उठ्ने गर्दथ्यो ।

‘यो लगाउँदा शरीर बाँधेको जस्तो लाग्थ्यो तर विस्तारै विस्तारै बानी बस्यो र अब नलगाउन विचित्र महशुस हुन्छ ।’

रिवा भन्छिन्–गाउँहरुमा ब्रालाई ‘बाँडी’ भनिन्छ, कयौ सहरिया युवतीहरु यसलाई ‘बी’ भनेर पनि काम चलाउने गर्दछन् । ब्रा भन्ने बित्तिकै भूँइचालो नै आउँछ !

ब्राका हजारौ भेराइटी

गीतको पनि केही यस्तै राय छ । उनी भन्छिन्–हामीले आफ्नो शरीरका साथ सहज महशुस गर्न सक्यौ भने न अरुलाई पनि यस्तौ अनुभव हुनेछ ।

‘पहिला मलाई ब्राबिना सार्वजनिक स्थलमा जान समस्या हुन्थ्यो तर विस्तारै विस्तारै सहज भयो ।’

अहिले बजारमा ब्राका हजारौ भेराइटी पाइन्छ । पैडेडदेखि लिएर अन्डरवायर र स्ट्रैपलेसदेखि स्पोर्टस ब्रासम्म । केही महिलाको शरीर उर्बर हुने दावी गर्छन भने केही लुकाउने ।

तर, ब्रा लगाउने चलन कसरी सुरु भयो ?

–बीबीसी कल्चरमा प्रकाशित एउटा लेखका अनुसार ब्रा फ्रेन्च शब्द ‘brassiere’को संक्षिप्त रुप हो, जसको शाब्दिक अर्थ हुन्छ, शरीरको माथिल्लो हिस्सा ।

–पहिलो मोडर्न ब्रा पनि फ्रान्समै बनेको थियो ।

–फ्रान्सकी हर्मिनी कैडोलले सन् १९६९ मा एउटा कर्सेट (ज्याकेटजस्तो पोशाक)लाई दुई टुक्रामा काटेर अन्डरगार्मेन्ट बनाएका थिए । पछि यसको माथिल्लो हिस्सा ब्रा जसरी लगाउन र बेच्न थालियो ।

–यद्यपि पहिलो ब्रा कहाँ र कसरी बन्यो, यसको स्पष्ट जवाफ दिन मुस्किल छ ।

स्तन लुकाउनका लागि….

युनानको इतिहासमा ब्राजस्तै देखिने कपडाको चित्रण पाइन्छ । रोमन महिलाहरु स्तनलाई लुकाउनका लागि छातीको चारैतिर एउटा कपडा बाँध्ने गर्दथे । यसविपरीत ग्रीक महिलाहरु एउटा बेल्टको माध्यमबाट वक्षलाई उभार्ने कोशिस गर्दथे ।

अहिले जुनप्रकारको ब्रा हामी पसलमाहरुमा देख्दछौ, अमेरिकामा १९३० तिर लगभग यो बन्न सुरु भइसकेको थियो । यद्यपि एसियामा ब्राको कुनै यस्तो स्पष्ट इतिहास पाइँदैन ।

ब्रा आउँदै विरोध सुरु

चर्चित फेशन म्यागजित ‘वोग’ले सन् १९०७ मा ‘brassiere’ शब्दलाई लोकप्रिय बनाउन ठुलो भूमिका निभायो । रोचक कुरा यो छ कि यसका साथै ब्राको विरोध हुन पनि सुरु भएको थियो । यो त्यही समय थियो जब महिलावादी संगठनहरुले ब्रा लगाउँदाको ‘खतरा’ प्रति महिलाहरुलाई सचेत गराएका थिए । र, उनीहरुलाई यस्तो कपडा लगाउन सल्लाह दिएका थिए कि जुन उनीहरुलाई हरेक प्रकारको सामाजिक र राजनीतिक बन्धनबाट मुक्त गरोस्।

आधुनिक ब्राको सुरुवाती रुप

सन् १९११ मा ‘ब्रा’ शब्दलाई अक्सफोर्ड डिक्शनरीमा समावेश गरियो । यसपछि सन् १९१३ मा अमेरिकाकी चर्चित सोशलाइट मैरी फेल्प्सले रेशमको रुमाल र रिबनबाट आफ्ना लागि ब्रा बनाइन् र दोस्रो वर्ष यसको पेटेन्ट पनि गराइन् । मैरीले बनाएको ब्रालाई आधुनिक ब्राको सुरुवाती रुप मान्न सकिन्छ । तर यसमा कयौ कमी छन् । यसले स्तनलाई सपोर्ट गर्नुको साटो त्यसलाई फ्लैट गराइदिन्थ्यो र मात्र एउटै साइजमा उपलव्ध थियो ।

जब महिलाहरुले ब्रा जलाइदिए

यसपछि सन् १९२१ मा अमेरिकी डिजाइनर आइडा रोजेन्थललाई अलग अलग ‘कप साइज’को आइडिया आयो र हरेक प्रकारको शरीरका लागि ब्रा बन्न थाल्यो । त्यसपछि ब्राको प्रचार प्रसारको जुन दौड सुरु भयो त्यो अहिलेसम्म रोकिएको छैन ।

सन् १९६८ मा करिब ४०० जना महिला मिस अमेरिका ब्युटी पैजेन्टको विरोध गर्न जम्मा भए । र, उनीहरुले ब्रा, मेकअपका सामान र हाइहिल्ससमेत कयौ वस्तु एउटा फोहोर फ्याँक्ने डिब्बामा फ्याँकिदिए । जुन फोहोर फ्याँक्ने डिब्बामा यी कुरा फ्याँकियो त्यसलाई ‘फ्रिडम ट्रैश क्यान’ भन्न थालियो । यो विरोधको कारण थियो महिलामािथ सुन्दरताको मापन थोपर्नु ।

‘नो ब्रा, नो प्रोबल्म’

–सन् १९६० को दशकमा ‘ब्रा बर्निङ्ग’ महिलाहरुबीच निकै लोकप्रिय बनेको थियो । यद्यपि साँच्चिकै भन्नुपर्दा केही महिलाले मात्र ब्रा जलाएका थिए ।

–यो एउटा सांकेतिक विरोध थियो । कयौ महिलाहरुले ब्रा जलाएनन् तर विरोध जनाउनका लागि ब्रा नलगाइकन बाहिर निस्किए ।
–सन् २०१६ मा एकपटक पुनः ब्राविरोधी अभियानले सामािजक सञ्जालमा गति लियो ।

ब्रा र महिलाको स्वास्थ्य

कैटलिनले यो घटनाको जिकिर स्नैपचैटमा गरिन् र उनलाई जबरजस्त समर्थन प्राप्त भयो । यसरी ‘नो ब्रा नो प्रोबल्म’ अभियानको सुरुवात भयो ।

ब्राका बारेमा कयौ मिथक छन् । यद्यपि सबैजसो अध्ययनपछि पनि यो स्पष्ट सावित भइसकेको छैन कि ब्रा लगाउँदा महिलालाई साँच्चिकै फाइदा हुन्छ कि नोक्सान ।

ब्रा लगाउन ब्रेस्ट क्यान्सर हुने कुरा गरिँदैछ, तर अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यसको कुनै वैज्ञानिक प्रमाण प्राप्त हुन सकेको छैन । हो, यो अवश्य हो कि २४सै घण्टा ब्रा लगाउनु र गलत साइजको ब्रा लगाउनु हानिकारक हुन सक्दछ।

त्यसैले डाक्टरहरुले आवश्यकताभन्दा बढी कसिलो ब्रा नलगाउन सल्लाह दिने गर्दछन् । साथै सुत्ने बेलामा हल्का र खुल्ला कपडा लगाउन भन्ने गरेका छन् । यो पनि सत्य हो कि ब्राले महिलाको शरीरको मुभमेन्टलाई सहयोग गर्दछ । विशेषगरी एक्सरसाइज, खेलकुद वा शारीरिक मेहनत गर्ने काममा ।

साइज यति असहज किन ?

जे भए पनि अहिले महिलाहरुको कपडामा ब्रालाई अनिवार्य हिस्सा बनाइदिएको छ। हो, यो अवश्य हो कि ब्राको विरोध हुने वा नहुनुभन्दा पनि ठुलो प्रश्न यो हो कि यसलाई लिएर समाज यति असहज किन छ ?

ब्राको रंगबाट समस्या, ब्रा देखिदा समस्या, ब्रा खुल्ला ठाउँमा सुकाउँदा समस्या र ब्रा शब्दसम्म पनि समस्या । महिलाको शरीर र उसको कपडालाई यसपकारले नियन्त्रण गर्ने कोशिस आखिर किन ?

शर्ट, पाइन्ट, गन्जीजस्तै ब्रा पनि एउटा कपडा हो । उत्तम हुनेछ कि हामी सबैले पनि एउटा कपडाकै रुपमा हेरौ । सिन्धुवासिनी, बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..