तपाई पनि बन्ने हो कि करोडपति ? यस्तो रहेछ करोडपति बन्ने तीन उपाय

तपाईले कसरी थाहा पाउनु हुने छ कि कुन चाहिँ व्यापार हिट हुनेछ र कुनचाँहि फ्लप ? कसैका लागि यो प्रश्न लाखौको हुन सक्दछ।

तर, क्यानडाका रेयान होम्सका लागि यो प्रश्न कुनै रकेट साइन्स होइन, जुन पत्ता लगाउन मुश्किल होस् । रेयान होम्स एक जना लगानीकर्ता हुन् र सोशल नेटवर्क एकाउन्ट म्यानेज गर्ने वेभसाइट ‘हूटसूट’का संस्थापक हुन् ।

उनका अनुसार एउटा सफल व्यापारी हुनका लागि कुनै विशेष डिग्री आवश्यक पर्दैन । तपाईमा बस एउटा उपाय आवश्यक हुन्छ । जसबाट तपाई पत्ता लगाउन सक्नु हुन्छ कि तपाईले कुनै भेन्चरमा लगाउनी गर्नु लाभदायी सावित हुन्छ कि हुँदैन ।

कुनै विजनेश आइडियाले तपाईलाई सफल बनाउनेछ कि बनाउँदैन, होम्सको हिसावले यो पत्ता लगाउन निकै सजिलो छ । उनी यसका लागि ट्रिपल ‘टी’ को फर्मुला दिन्छन्।

१. ट्यालेन्ट

राम्रो विजनेश आइडिया तपाईले जुनसकै ठाउँमा पाउनु हुनेछ, तर त्यसलाई लागु गर्ने प्रतिभाशाली मानिस लाखौमा एक हुन्छन् ।

होम्सले आफ्नो ब्लगमा लेखेका छन्–विजनेशको मूल्याङ्कन गर्ने बेला म पहिला उसको बोस र उसको टिमलाई हेर्ने गर्दछु । मेरा लागि यो थाहा पाउनु आवश्यक छ कि उ विजनेशप्रति समर्पित छ कि छैन ।

उद्यमीहरुका लागि सबैभन्दा ठुलो चुनौति लगानीकर्ताको पैसालाई शून्यबाट अरबौसम्म लैजानुपर्ने हुन्छ र सफल हुनका लागि यो आवश्यक हुन्छ कि उसले पूरा समय देओस र उसको काम गर्ने तरिका अलग होस् ।

होम्स भन्छन्–ठुला उद्यमी समस्याहरुको समाधान खोज्छन् न कि अन्यलाई यसको पैसा दिन्छन् । उनीहरु तबसम्म आराम गर्दैनन् जबसम्म यसको समाधान प्राप्त हुँदैन । कुनै पनि कम्पनीका लागि मौलिक आवश्यकता हुन्छ कि उसँग ‘केही गर्ने जाँगर’ राख्ने उद्यमी छन् ।

२. प्रविधि

होम्स भन्छन् कि प्रविधि कुनै अन्तिम समयमा सोच्ने कुरा होइन । यो तब बढी आवश्यक हुन्छ जब तपाईको विजनेश आइडिया प्रविधिसँग सम्बन्धित छ । होम्स भन्छन्–कोडिङ्ग र इन्जिनियरिङ एउटा विजनेश आइडिया जति नै जरुरी हुन्छ ।

‘हूटसूट’का संस्थापकका अनुसार उत्तम तरिका यो हुन सक्छ कि एक व्यक्ति प्रविधिप्रति पूर्णरुपमा समर्पित होस र दोस्रो विजनेशका अन्य आवश्यकता हेर्न सकोस् ताकि प्राविधिक समस्याहरु समाधान सयममै गर्न सकियोस् ।

३. ट्रैक्शन

ट्रैक्शन अर्थात आकर्षित गर्ने वा लोभ्याउने क्षमता । के तपाईसँग ग्राहक वा लगानी छ ? तपाईले कति पैसा कमाउनु भयो ? होम्स भन्छन् कि यदि तपाईसँग ग्राहक वा लगानीकर्ता छ र उ पैसा खर्च गर्न चाहन्छ भने यो उत्तम हुनेछ ।

र, यसबाट लगानीलाई बढावा मिल्नेछ, किनभने कागजमा देखिने उत्तम आइडियामा पैसा लगाउनुभन्दा कुनै आइडियामा लगाउनु बढी सुरक्षित छ ।

होम्स भन्छन् कि लगानी आकर्षित गर्नका लागि एउटा उत्कृष्ट योजना हुनु जरुरी छ, जसबाट आइडिया उनीहरुसम्म पुराउन सकियोस् । विजनेशको सफलताकालागि यस्तो सफ्टवेयर बनाउनुपर्छ, जुन कम्पनीको प्रडक्टलाई भाइरल गराइदेओस वा त्यसको विज्ञापनमा जोड देओस् ।

तर होम्स स्ययम पनि यो मान्दछन् कि ट्रिपल‘टी’ फर्मूला सफलताको कुनै अचुक औषधि भने होइन । उनी भन्छन् कि केही वर्ष पहिला उनले शेयर्ड ट्राभल एप्लिकेशन बनाउने अवसर पाएका थिए तर त्यो टेस्ट आवश्यकताका कारण अस्वीकार गरियो ।

उनी भन्छन्–अहिले त्यो एप्लिकेशन ‘उबर’ ५० हजार मिलियन डलरको कम्पनी छ। कहिलेकाँहि सही प्रविधि, सही टिम र उत्कृष्ट आइडिया भएर पनि विजनेश फ्लप हुन सक्दछ । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..