राजपाले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गर्ने

काठमाडौ । राष्ट्रिय जनता पार्टीले सरकारको नीति तथा कार्यक्रममा संसोधन प्रस्ताव दर्ता गराउने भएको छ ।

राष्ट्रिय जनता पार्टीको मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मुलभुत मुद्दा सम्बोधन नभएको भन्दै संशोधन दर्ता गराउने निर्णय गरेको हो ।

त्यसैगरी विभिन्न समयका आन्दोलनमा सहिद भएकाको आश्रित परिवारलाई सरकारले भरणपोषणको व्यवस्था गरिने छ भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिनुपर्ने तर्क पनि उसले गरेको छ ।

बैठकमा पार्टीको विधान, घोषणापत्र र नियमावलीको मस्यौदा पनि पेश भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनुपर्ने भन्दै बैठक १४ गते सम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच, बैठक लगत्तै राजपाले संसद सचिवालय पुगी नीति तथा कार्यक्रममा संसोधन दर्ता गराएको छ । सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघिय समाजवादी फोरम नेपालले पनि संसोधन दर्ता गराएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..