अब झोलामा खोला बोक्नेहरुमाथि कारबाही, तीन वर्षभित्र विद्युतमा आत्मनिर्भर

काठमाडौ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अनुमति लिएर काम नगर्ने जलविद्युत् आयोजना निर्माण आयोजनाका अनुमति खारेज गर्ने बताउनुभएको छ ।

मंगलबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै मन्त्री पुनले अनुमति लिएर आयोजना नबनाउने प्रवृतिको सरकारले अन्त्य गर्ने बताउनुभएको हो । उहाँले खोला झोला बनाउने अवस्था आउन नदिनका लागि निश्चित मापदण्ड बनाईने र सोही आधारमा अनुगमन तथा नियमन गरि आयोजना अनुमति खारेज गरिने बताउनुभयो ।

त्यसैगरी हरेक नेपालीलाई जलविद्युत् आयोजनाको शेयर सदस्य बनाउनुको साथै जलस्रोतमा आधारित सम्वृद्धिको हिस्सेदार बनाउने नीति लिईएको बताउनुभयो ।

सरकारले नया जनादेशमा टेकेर नीति तथा कार्यक्रम आएकाले निर्धारित समयमा सबै प्रतिवद्धता पुरा हुनेमा शंका नगर्न सबैलाई आग्रह गर्नुभयो ।

यो आर्थिक बर्षलाई सरकारले आर्थिक सम्वृद्धिको लागि प्रस्थान विन्दुको रुपमा लिएको उल्लेख गर्दै उहाँले नीति तथा कार्यक्रममा उल्लेख भएका प्रतिवद्धता पुरा हुने आश्वासन दिनुभयो ।

प्रमुख प्रतिपक्षी दलले सरकारको नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षमा केन्द्रीत नभई लामो समय अवधि निर्धारण गरि आयोजनाको नाममा सरकारले सपना बाड्ने काम गरेको टिप्पणी गर्दे आएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..