आइपीएल खेलेर आएका सन्दिपको भव्य स्वागत, के भने सन्दिपले…(भिडियोसहित)

काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सहभागि भएका नेपाली खेलाडी सन्दीप लामिछाने स्वदेश फिर्ता भएका छन् ।

आईपीएलमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका सन्दीप उसका अन्तिम ३ खेलमा मैदान उत्रिएका थिए । प्रतियोगिताबाट बाहिरिसकेपछि अन्तिम ३ खेलमा मौका पाएका सन्दीपले उत्कृष्ट बलिङ गर्दै उनी विश्वस्तरिय क्रिकेटमा वलियो प्रभाव पार्न सफल भएका छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सन्दीपलाई भव्य स्वागत गरिएको छ । उनलाई स्वागत गर्न नेपाली क्रिकेट प्रेमीको बाक्लो उपस्थीति थियो । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले आईपीएलमा आफूले सिकेको कुरा नेपाली क्रिकेटमा लागू गर्ने बताए ।

उनले भने ‘म अहिले आईपीएल खेलेर फर्किएको छु, त्यहाँ सिकेका कुराले नेपाली क्रिकेटमा पक्कैपनि ठूलो योगदान दिनेछ, त्यसकालागि मेरो प्रयास सधैं जारी रहन्छ ।’ आईपीएलमा ३ खेलमा १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिएका थिए । पहिलो र दोस्रो खेलमा १–१ विकेट लिएका सन्दीपले अन्तिम खेलमा ३ विकेट लिन सफल भएका थिए ।

टी ट्वान्टीमा उत्कृष्ट प्रर्दशन गरेका सन्दीप विश्व ११ टिममा पनि परेका छन् । उक्त टिमले इङल्याण्डको लर्डसमा वेष्टइन्डीज विरुद्ध च्यारिटी खेल खेल्ने छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..