यस्ता छन् यो वर्षका भारत हल्लाउने सेक्स सीडीहरु

यो वर्ष भारतमा कयौ सेक्स सीडी सार्वजनिक भए । यसमध्ये केही यस्ता थिए, जसबाट राजनीतिक जगतमा आँधी नै ल्यायो । गुजरातका नेता हार्दिक पटेलको चार वटा सेक्स सीडी सार्वजनिक भयो । भिडियो १६ मे २२ मे र २३ मेको बताइएको छ । भिडियो कुनै होटलको रुममा हार्दिक पटेलजस्तै देखिने व्यक्ति एक र एक जना महिला देखिएका छन् । हार्दिक पटेल भने यो सबै आफूलाई बदनाम गर्ने षड्यन्त्र भएको बताएका छन् ।

बिहार काँग्रेसका पूर्व प्रदेश उपाध्यक्ष ब्रजेश पाण्डेको सेक्स रैकेटमा फसेको आरोपपछि सेक्स र राजनीतिको घिनलाग्दो कक्टेल सार्वजनिक भएको थियो । काँग्रेसका यी बरिष्ठ नेतामाथि एउटी दलित युवतीले यौन शोषणको सनसनीपूर्ण आरोप लगाइन् ।

यो घटनामा एक जना पूर्व आईएएसका छोरा पनि सामेल रहेको बताइयो । पीडितले पूर्व आइएएसका छोरा निखिलसँग व्हाटसएप र फेसबुकको माध्यमबाट चिनजान भएको बताएकी थिइन् । त्यसपछि दुवैबीच गहिरो मित्रता भयो र विवाहसम्म भयो ।

दिल्ली सरकारका पूर्व मन्त्री सन्दीप कुमार एउटा सेक्स सीडी सार्वजनिक भएपछि चर्चाका आएका थिए । त्यसपछि दिल्लीका सीएम अरविन्द केजरीवालले उनलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका थिए ।

सेक्स सीडीमा देखिने महिलाले सुल्तानपुरी प्रहरी कार्यालयमा सन्दीप विरुद्ध बलात्कारको मुद्दा दर्ता गराएकी थिइन् । महिला राशन कार्ड बनाउनका लागि विधायक सन्दीप कुमारकोमा जाँदा यौन शोषणको शिकार भएको बताएकी थिइन् । सन्दीप कुमारले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको उनको आरोप छ । यो घटनाका छानविनका क्रममा सन्दीपले आत्मसमर्पण गर्नु परेको थियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..