बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

गौर । सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् ।

गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ । नागरिक दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..