स्वास्थ्यमा मोटोपनबाट होइन, यस्ता कुराबाट सचेत रहनुस

सबै स्वास्थ्य रिपोर्टहरु यो निष्कर्षमा टुंगिएको छ कि मोटोपन विश्वव्यापी समस्या हो । मोटोपनका विषयमा संसारभर यो ठुलो चिन्ताको विषय हो भन्ने चर्चा छ।
विश्व स्वास्थ्य संगठनको सन् २०१४ को रिपोर्टअनुसार संसारमा ६०० मिलियन अर्थात ६० करोड बढी मानिस मोटोपनको शिकार बनेका छन् ।
यस आधारमा विश्व स्वास्थ्य संगठनले भन्ने गरेको छ कि यो कुनै समस्या होइन । यसको सामना गर्न सहज छ र यसको हल उनीहरुसँगै छ।
प्रोफेसर ट्रेसीको दावी अनुसार कुनै पनि चिकित्सक वा अध्ययनकर्तालाई यो विवादास्पद लाग्न सक्छ कि उ उनीहरुको दावीसँग असहमत छ ।
ट्रेसी मुख्यतः सामाजिक तथा हेल्थ साइकोलजीकी प्रोफेसर हुन् । उनी भन्छिन्–जब म डाक्टरलाई भन्छु कि मोटोपन कुनै विश्वव्यापी समस्या होइन, तब उनीहरु रिसाउने गर्दछन् ।तर, उनीहरु यो कुरा पनि मान्छन् कि मोटोपनका कारण कोही पनि मर्नेवाला छैन ।
ट्रेसी भन्छिन् कि जो मोटो छ उनीहरुको जीवनकाल कुनै पनि प्रकारले दुब्लो मानिसको तुलनामा कम छैन । जबकि अधिकांश दुब्ला मानिस सधै कयौ प्रकारका रोगको शिकार हुने खतरामा रहन्छन्।
ट्रेसी यसलाई जरुरी ठान्छिन् कि अत्यधिक मोटोपनको शिकार मानिस केही रोगको खतरामा आउँछन् । तर, समान्य मोटोपनले त्यस्तै कुनै पनि खतरा उत्पन्न गराउँदैन ।
फेरि मोटोपनको समस्याका विषयमा यति धेरै चर्चा किन छ ? यसको जवाफमा ट्रेसी भन्छिन्–यसका कायौ कारण छन्, मोटोपन प्राणघातक त्यतिबेला हुन्छ, जब मानिस सुस्त हुन्छ र दिनभर बसिरहन्छ । उसको आम्दनी कम हुन्छ र उ स्ट्रेसमा रहन्छ । साथै कुनै पनि सानो रोगको उपचार गराउन असमर्थ हुन्छ ।
ट्रेसी भन्छिन्,–यो कुरामा कुनै शंका छैन कि मुटुसँग सम्बन्धित रोग र मधुमेह दुवै मोटो मानिसलाई हुने खतरा रहन्छ । तर, यदि उ व्यायम गरोस् आफ्नो शरीरलाई फंक्सनमा ल्याउँछ भने मोटोपन कम नभए पनि उ फिट रहन सक्छ ।
ट्रेसी भन्छिन् कि स्केलमा अन्तर देखिनका लागि व्यायम गर्नु ठिक होइन । आवश्यक छ व्यायम गर्नु । दिनमा करिब एक घण्टा । यसपछि तौल कम नभए पनि चिन्ता नगरे हुन्छ ।
यद्यपि ट्रेसीले मोटोपनको शिकार भएकाहरुलाई वजन मापनभन्दा बढी ब्लड प्रेसर चेक गर्न सुझाव दिन्छिन् । यसबाट आफूलाई आफ्नो स्वास्थ्यका बारेमा बढी जानकारी प्राप्त हुने उनको भनाइ छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..