नायिका जल शाहकी आमा प्रेमा शाहको निधन,हार्दिक श्रदाञ्जली

काठमाडौं । अमेरिका रहँदै आएकी नायिका जल शाहको आमा प्रेमा शाहको निधन भएको छ । उनकोको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो ।उनी एक साहित्यकार पनि थिन ।उनका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर आदि हुन्। शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन्।उनी बाल साहित्यमा पनि उत्तिकै सक्रिय थिइन् ।

‘मम्मी’ उपन्यास उनको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उनले कलम चलाइन् । उनका साहित्यका यौन विद्रोह र मनोविज्ञान प्रमुख रुपमा आएको हुन्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..