छिमेकीले बन्चरो प्रहार गर्दा युवक ठहरै

ताप्लेजुङ । ताप्लेजुङमा छिमेकीको बञ्चरो प्रहारबाट एक युवकको ज्यान गएकोे छ ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेका डम्बर लिम्बुले बञ्चरो प्रहार गर्दा छिमेकी ३५ वर्षीय किशोर लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ ।

बञ्चरो प्रहारबाट घाइते भएका किशोरलाई गत सोमबार साँझ नै जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइए पनि उपचार सम्भव नभए पछि अन्यत्रै ‘रेफर’ गरिएको थियो ।

नोबेल अस्पताल विराटनगरमा उपचारकै क्रममा हिजो उनको ज्यान गएको हो । बञ्चरो प्रहार गर्ने छिमेकीको हत्या गर्ने डम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..